२०८१ पुष ११
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा बृहत्त रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन

जोमसोम : मुस्ताङको जोमसोममा सोमबार पहिलो पटक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

थकाली युवा परिवार केन्द्र काठमाडौंको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा ९३ जना व्यक्तिले स्वतःस्फूर्त रुपमा रक्तदान गरे ।

 घरपझोङ गाउँपालिकाको सहका

र्य, थकाली यूवा परिवार जोमसोम क्षेत्रको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत क्षेत्रीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

‘रक्तदान जीवनदान,जीवनदान महादान’ भन्ने मूल नाराका साथ सुरु भएको बृहत रक्तदान कार्यक्रमको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले थकाली युवा परिवार थासाङक्षेत्रका सहसचिव सन्तोष गौचनलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।

सो अवसरमा गाउँपालिका अध्यक्ष लालचनले हिमालपारिको विकट जिल्ला मुस्ताङमा थकाली युवा परिवारको सक्रियतामा रक्तदानजस्तो महान्कार्य आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । अध्यक्ष लालचनले कोही पनि बिरामी रगतको अभावले अकालमा मृत्युको मुखमा होमिन नपरोस् भन्ने कामना गर्दै यसप्रकारको महानकार्यका आफ्नो पालिकाले आर्थिक तथा रचनात्मक सहयोग पुर्‍याउने  प्रतिवद्धता जनाए ।

पहिलो बृहत रक्तदान कार्यक्रमलाई प्राविधिक सहयोग पुर्‍याउन नेपाल रेडक्रस सोसाइटीअन्तर्गत क्षेत्रीय रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवाली, स्वास्थ्यकर्मी मञ्जु नेपाली,अस्मिता पौडेल र समीक्षा अधिकारी पोखराबाट मुस्ताङ आएका थिए । उनीहरुलाई मुस्ताङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मी आशमाया खाती र अर्जुन किसानले साथ दिए ।

मुस्ताङकै इतिहासमा पहिलो पटक बृहत रक्तदान कार्यक्रम आयोजना भएको क्षेत्रीय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।

साभारः अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्