जेठ २४, दुलेगौडा, पोखरास्थित मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी धर्नासहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले पाउनुपर्ने किरिया बिदा, सुत्केरी बिदा नदिएको तथा उपदान नपाएको ले कर्मचारीले अस्पलालमा डेढ घण्टा ओपिडी सेवा बन्द गरेका छन् ।
कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेलले अस्पताल प्रशासनले आफुहरुको माग पुरा नगरेको भन्दै गत बिहीबारदेखि धर्ना बसेको बताउनुभयो ।
सन् २०१० मा व्यवस्थापन र कर्मचारी युनियनबीच भएको सम्झौता अनुसार कर्मचारीले उपदान पाइरहेकोमा २०७४ मा नयाँ ऐन आएको भन्दै उत्त सेवा सुविधा कटौती गरेको थियो ।
ऐनमा व्यवस्थापन भएको र कर्मचारी बीचमा भएको सम्झौता भने यथावत रहने छ भनिएपनि अस्पतालले कर्मचारीको सेवा सुविधा कटौती गरेको हो ।
यसरी अस्पताल व्यवस्थापनले कार्यन्वयन नगर्दा प्रत्येक कर्मचारीलाई सवा लाख भन्दा बढी घाटा लाग्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
त्यस्तै अस्पतालमा आवद्ध भएलगतै अस्थायी कर्मचारीलाई स्थायी वा नियमित गर्ने भनिए पनि अहिलेसम्म सो कार्यान्वयनमा नआएको उहााको गुनासो छ ।
अस्पतालमा हाल करीब १ सय ५० जना अस्थायी कर्मचारी रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले अस्पताललाई कर्मचारीसँग भएको सम्झौता कायम गर्न आदेशात्मक पत्र पठाएको थियो ।
तर त्यसको पनि अस्पताल व्यवस्थापन पक्षले बेवास्ता गरेको बताइएको छ । यसअघि श्रम कार्यालय पोखराले पनि अस्पताललाई पत्र पठाएको थियो ।
युनियनहरुले आफ्ना माग प्रशासनले सुन्नै नचाहेको आरोप लगाउदै झन्डै ४ महिनादेखि अस्पताल प्रशासनमा ताला लगाएका छन् ।
यसरी नयाँ व्यवस्था सहित नेपाली लगानीकर्ताले लिएको भनेपनि अस्पताल पुरानैबाट सञ्चालन भइरहेको देखिएको अध्यक्ष अमृत पौडेलले बताउनुभयो । कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय कास्की र श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए ।
धर्नामा रहेको युनियनले अहिले अस्पतालको ओपिडी सेवा विहान ८ ः ३० देखि १० बजेसम्म बन्द गरेको छ । सो समयमा आकस्मिक सेवाहरु भने सुचारु गरिएको । तर सोही अवस्था मा रहे आगामि दिनमा अस्पताल नै ठप्प पार्ने र आफुहरु आन्दोलन गर्न बाध्य हुने कर्मचारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्