- काठमाडौ । काठमाडौको शंखमूल स्थित श्रीजगद्गुरु आदर्श संस्कृत गुरुकुलका विद्यार्थीहरूलाई दलित भएकै कारण त्यहाँका प्राचार्य तेज प्रसाद भट्टराईले भर्ना हुनबाट रोकेका छन् ।
केही दिन पहिला वर्ल्ड हिन्दु अर्गनाइजेसनका दक्षिण एशिया प्रमुख एवं समानता अभियान नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त पौडेल संग उनले गुरुकुलमा कोटा खाली रहेको जानकारी गराए पछी बर्दिया बाट सुनार समुदायका समीर सुनार भुवेश्वर सुनार भीम सुनार विराज सुनारलाई काठमाडौको समानता अभियान नेपाल नामक संस्थाको केन्द्रीय कार्यालयमा ल्याएर विधिवत् मुण्डन गरेर टुप्पी राखेर व्रतबन्ध गराइदिएर गायत्री मन्त्र दिएर भोलिपल्ट सल्लाह बमोजिम सो गुरुकुलमा बालक लगियो र भर्ना गराउने सल्लाह भयो त्यतिबेला सम्म गुरुकुलका प्राचार्यलाई यी बालक दलित हुन् भन्ने थाहा दिइएको थिएन। गुरुकुलका संरक्षक कथित जगद्गुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले पनि भर्ना गराउने अनुमति दिए पछि त्यसरात ती बालकहरूलाई अभिभावक सहित त्यहीँ राखियो तर दलित भएको थाहा पाएपछी रातारात सबै वातावरण चेन्ज भयो र एकाबिहानै गुरुकुल छोड्न प्राचार्य तेज प्रसाद भट्टराईले दबाब दिएको तर आफ्ना बालकहरूलाई यहाँ बसेर पढाउन चाहेको बर्दियाबाट आएकी विद्यार्थीकी अभिभावक जयन्ती सुनार र कमला सुनारले बताउनुभयो। एक्कासी होस्टल साँघुरो भयो भन्ने कुरो भयो जब कि गुरुकुलमा कोठाको कुनै कमी छैन ।सो गुरुकुलमा संस्कृत वेद पुराण संगै अंग्रेजी गणित विज्ञान पनि पढाइन्छ। गुरुकुलको समितिमा समेत दलित सहभागिता छैन।
बर्दिया बाट आफ्ना बालक लिएर आएका विद्यार्थीका अभिभावक नरेन्द्र सुनारले भने हाम्रो आर्थिक अवस्था नाजुक छ हामी हाम्रो बालकलाई गुरुकुलमा संस्कृत पढाउन खोजेको थियौं तर प्राचार्यले सपना माथी पानी फेरिदिए।बालक र उनका अभिभावकहरू यतिबेला समानता अभियान नेपालको केन्द्रीय कार्यालय बसुन्धरामा छन् ।
जातीय विभेद गर्ने सो गुरुकुल र प्राचार्य उपर कुनै कानुनी कारवाही नभएको समानता अभियान नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
उता संस्थाका संरक्षक जगद्गुरु मोहन शरण देवाचार्य र संस्थाका अध्यक्ष टीकाराम अर्यालले दलित बालकलाई गुरुकुल बाट फिर्ता गराउनुमा आफ्नो कुनै हात नरहेको र प्राचार्यले भर्ना गराउनु भन्दा पनि नमानेको गुनासो गरे।
एक रात बसेर अर्को दिन निस्कनुपर्दा बालकहरू पनि खिन्न भएका छन् ।। साभार: हिन्दु खबर
२०८१ माघ १६
९८५७६५०३३४, ९८५७६५००९३
दलित भएकै कारण काठमाडौंको गुरुकुलबाट निष्कासित भए सुनार थरका बालक
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
३०२९-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नं:
३४८८
© २०८१ - हिमालपारीको आवाज दैनिकमा सर्वाधिकार सुरक्षित
Site By: Binay Bajagain
प्रतिक्रिया दिनुहोस्