२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

प्रविधिको प्रयोगले आखाँमा आउने समस्या

“वालवालिकाहरुकाे वढि समय नजिककाे काममानै वित्ने भएकाले आँखाकाे समस्या छ कि छैन भनेर पत्तालगाउन सबैभन्दा गाह्रो हुन्छ ।”

वसन्त पाैडेल

 

आजकाे युग डिजिटल जमनाकाे युग हाे । डिजिटल युगसगै दिन दिनै नया नया प्रविधिहरु विकसीत भइरहेका छन । माेवाइल, कम्प्युटर , ल्यापटव ,टेलिभिजन , ट्यावलेट आदि । इन्टरनेटकाे वडदाे विकास सगै यसकाे प्रयाेग पनि दिनानुदिन वड्दाे छ। गाउँ हाेस या शहर वालवालिका ,युवा कि पाकाे उमेरका , देशमा हाेसकी विदेश सन्सार एउटेै छाना भइसकेकाे छ । प्रविधिकाे विकास सगै विनास पनि वडिरहेकाे छ।

साेसल मिडियाकाे वडदाे प्रयाेग , काेराेना भाइरसकाे माहमारीसंगै कार्यलयकाे काम घरवाट (work from home ) अनलाइन पठन पाठन लगायतका कारणले गर्दा यसकाे प्रयाेग दिनानु दिन वडदाे छ ।अभिभावकहरुले आफ्नाे व्यस्तताकाे कारणले,साना साना वालवालिकाकाे हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। भने कतिपय अभिभावक एकातिर बच्चाहरुलाई यस्ता सामग्री दिएर अर्काेतिर घन्टाैंसम्म साेसल मिडियामा व्यस्त हुने गरेकाे पाइन्छ। फुर्सद मिल्याेकी साेसल मिडियामा जतिपनि समय कटाइदिन सक्छाै हामिहरु दिन हाेस या रात , धेरै समय सम्म माेवाइलमा गेम खेलिरहने , चाहिने नचाहिने साइटहरु घन्टाैसम्म युट्यवमा भिडियाेहरु हेर्ने जस्ता वानिकाे विकास भइरहेकाे पाइन्छ युवा पुस्तामा ।

आजभोलि साना साना वालवालिका रोयो वा खाना खान मानेन भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी वालवालिकाले सानाे उमेरवाटनै आफ्ना अभिभावक मार्फत सिकिरहेका हुन्छन । जसको कारण लामाे समय सम्म बच्चाहरुको बानी नै मोबाइल/ल्यापटप चलाउने भइसकेको हुन्छ। यसको सबैभन्दा बढी असर बच्चाको आँखा दिमाग र वयक्तीत्य विकासमा समेत पर्छ। जस्तै :

• सानो-सानो कुरामा रुने-कराउने वा छिटो-छिटो रिसाउने

• मोबाइल बिना एक ठाँउमा शान्तसग बस्न नसक्ने वा रिसाइ रहने

• पढाइ/लेखाइमा ध्यान न दिने सानाे सानाे कुरामा झगडा गरिरहने . परिवारका सदस्यसग कुराकानि गर्न नचाहने एकान्तमा वस्न मन पराउने . काेहि आफन्त इष्टभित्र कसैकाे मतलव नगर्ने इत्यादि कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरणले आँखामा के–कस्तो असर गर्छ ?

– कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका उपकरणकले आँखामा तत्कालीन तथा दीर्घकालीन असर गर्छ।

तत्कालीन असरहरु :

आँखा पोल्ने, बिझाउने, टाउको दुख्ने, आँखाबाट आँसु आउने, आँखा रमरम हुने , निद्रा लागेजस्ताे हुने , थकान महशुस हुने , छिटाे छिटाे रिस उठने लगायतका समस्या हुन्छन।

दीर्घकालीन असरहरु :

आँखाको पावर कम हुँदै जाने, आँखा एकदम सुख्खा हुने, आँखा सधै राताे भइरहने, मन्द मन्द टाउकाे दुख्ने, आँखामा मासु पलाउने ,आँखाको नानी तथा रेटिनामा असर पर्दछ। लगातार कम्प्युटर तथा मोबाइल चलाउँदा आँखालाई बल पर्छ।

– लगातार एकोहोरो रुपमा कम्प्युटर तथा मोबाइल चलाउँदा आँखामा भएको आँसुको तह उडेर जान्छ।

– आँखामा भएको आँसुको तह उडेर गएपछि आँखाको नानीमा असर पुग्छ।

वालवालिकाहरुमा कसरी पत्तालगाउने आँखाकाे समस्या:

वालवालिकाहरुकाे वढि समय नजिककाे काममानै वित्ने भएकाले आँखाकाे समस्या छ कि छैन भनेर पत्तालगाउन सबैभन्दा गाह्रो हुन्छ । त्यसैले अभिभावकहरुले निम्न कुराहरुमा ध्यान दिन सके आफ्ना बालवालिकामा आँखामा समस्या छ छैन सजिलै पत्ता लगाउन सकिन्छ ।

• मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने

• थोरै टाढाको खेलाैना ,सामान वा मानिस चिन्नको लागि आँखा सानो पारेर हेर्ने वा घाँटी टेढो गरेर हेर्ने

• आँखा धेरै झिम्काउने वा आँखा धेरै माँड्ने

• पढ्न/लेख्न बसेको बेलामा टाउको दुख्ने वा आँखाबाट आँसु आउने . डेडाे आँखा हुनु . अस्वभाविकरुपमा कुनै वस्तु धेरै नजिक ल्याएर हेर्नू

आँखाको समस्याबाट वालवालिकाहरुलाइ बचाउन धेरै महत्वपूर्ण छ। यस्ता समस्या सुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिन-दिनै बच्चाको आँखा कमजोर हुँदै जान्छ। जसको कारण बच्चाहरुमा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना सक्छ। जसले गर्दा बच्चाको पढाइ/लेखाइका साथ-साथै मानसिक विकास, व्यक्तित्व विकास ,समाजिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ। जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ।

समाधानका उपायहरुः

वन्दकाेठा भन्दा वाहिरी वातावरण खुल्ला चाैर , बगैँचा घरकाे आगन , छत ,उज्यालाे घाम आउने ठाउहरुमा

वालवालिकालाइ कम्तिमा दिनका दुई तीन घन्टा खुल्ला वातावरणमा खेल्न प्राेसाहन गर्नुपर्दछ। अध्याराे काेठामा धेरै समय सम्म त्यस्ता सामानहरु नचलाउने, चलाउनै परे काेठाकाे वत्तिहरु वालि चलाउनु पर्दछ। आँखाकाे नजिकै राखि नचलाउने, कम्तिमा पनि आँखावाट पचास साठी सेन्टीमिटरकाे दुरीमा राख्ने एकाेहाेराे हेरीरहदा असर पर्ने हुदा एक पटककाे लागि वढीमा तीस मिनेटकाे समय सम्म प्रयाेग गर्ने। वेला वेलामा आँखाकाे परेला झिम्काइरहने, साथै अलि टाडाकाे कुराहरु हेर्ने। वेला वेलामा आँखाको सरसफाईमा ध्यान दिन आवश्यक छ।

– करिब ९० प्रतिशत मानिसमा आँखालाई सही तरिकाले सफा गर्न आउँदैन।

– पानीमा आँखा डुबाउने वा आँखा पानीले पखाल्ने दुवै सफा गर्ने गलत तरिका हुन्।

– आँखाको वरिपरि मात्र सफा गर्नुपर्छ। आँखा भित्रकाे सफाई आँखा आफैंले गर्ने गर्छ।

– सही तरिकाले आँखा सफा गरेमा पनि आँखाका धेरै समस्या आफै हटेर जान्छन।

– आँखाको स्वास्थ्यका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । हरियाे साग सव्जि फलफुलकाे प्रसस्त सेवन गर्ने गर्नुपर्दछ। जाडरक्सी , खैनी, सुर्ति, चुराेट जस्ता नसालु पदार्थसेवन गर्नुहुदैन।

– ल्याबटव तथा कम्प्युटर १ सय १५ डिग्रिको एंगलमा चलाउनुपर्छ।

– कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदा समय समयमा बेस्सरी आँखा झिमकाउनुपर्छ।

– २० मिनेटसम्म लगायतार यी उपकरण चलाएको छ भने २० सेकेण्डसम्म टाढा हेर्ने र २० सेकेण्ड आँखा बन्द गर्ने गर्नुपर्दछ।

– आँखालाई धेरै बल तथा तनाव दिनु हुँदैन।

कुन अवस्थामा मानिसहरु चिकित्सकको परामर्शमा जान आवश्यक छ ?

– आँखाको अवस्था थाहा पाउन हरेक ६/६ महिनामा नियमित आँखा परीक्षण गर्न आवश्यक हुन्छ । कितपय आँखाक

कितपय आँखाकाे समस्या थाहानै नपाइ हुने गर्दछन त्यसैले समय समयमा नियमित आँखा परिक्षण गरि चिकित्सकाे परामर्श लिनु पर्दछ। वालवालिकाहरुलाइ पहिलाे पटक विध्यालय भर्ना गर्नुभन्दा पहिला आँखाकाे परिक्षण गराउनु पर्छ।

– समयमै आँखाको परीक्षण गराएर भविष्यमा निम्तने आँखाकाे समस्याबाट बच्न सकिन्छ।त्यसैले समय समयमा नियमित आफ्नाे आँखा परिक्षण गराउनु ।

प्रतिक्रिया दिनुहोस्