२०८१ पुष १२
९८५७६५०३३४, ९८५७६५००९३

जनमुखी निर्वाचनको खांचो

जबसम्म जनमुखी शासनको ब्यवस्था हुन्न तवसम्म यहां एकल समुदायको एकक्षत्र राज चल्नेनै छ ।

Bhim Bahadur Rasaili

आफ्नो मुलूकको बिकास गर्न त्यो देशको शासन ब्यवस्था र निर्वाचन प्रणालीले ठुलो प्रभाव पार्ने गरेको हुन्छ । किनभने देशको चौतर्फी बिकासको लागि जनताको पक्षमा काम गर्न शासन ब्यवस्थाको खांचो पर्छ । यसको लागि निर्वाचन प्रणाली सहज र सरल खालको नहुंदासम्म समाजमा रुपान्तरणको कुरा गर्नु बेकार हुन्छ । लामो अभ्यासपछि शहिदको बलिदान र नेपाली जनताको ठुला आन्दोलनबाट आएको परिवर्तनले जनताहरुलाई सुख दिन सकिरहेको छैन । समाजमा पछाडि परेका उत्पीडित समुदायका ठुला हिस्सा अधिकारबाट बन्चित हुनु परेको छ । जनजाति , आदिवासी र दलित समुदायहरुलाई शासन ब्यवस्थाको अधिकारबाट टाडा राखीनुले बिबिध समस्या आउने गरेको हो ।

देशको ठुलो हिस्सा ओगटेको समुदायहरुनै परिवर्तित शासन ब्यवस्थाबाट पछाडि रहनु पर्ने भएसी ब्राम्हणवाद चिन्तन बोकेकाहरुको हालीमुहाली हुने गरेको छ । जबसम्म जनमुखी शासनको ब्यवस्था हुन्न तवसम्म यहां एकल समुदायको एकक्षत्र राज चल्नेनै छ । त्यसैले समाजमा पछाडि पारिएका समुदायहरु सहज र सजिलै गरी स्थानीय , प्रदेश र संघ सरकारमा निर्वाचित भएर जाने वातावरणको थालनी नहुंदासम्म अधिकार एकल समुदायमा सिमित हुने गर्नेछ । अधिकार प्राप्त गर्नको लागि पछाडि पारिएका समुदायहरुलेनै आवाज उठाउन सक्नुपर्छ । त्यसको लागि बिकल्प भनेको बिर्वाचन प्रणालीनै हो यसको परिवर्तन गर्न संबिधान संशोधन गरी पूर्णरुपमा समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्थाको खांचो छ ।

नेपालमा हुने गरेको निर्वाचनमा लाखौं रुपैया खर्चेर उम्मेदवारी जित्ने प्रचलनले बास गरेको यो देशमा सर्बसाधरणलेत बिर्वाचनमा भाग लिनसम्म पाउँदैनन् । सर्बसाधरणलेत उनै र तिनैलाई जिताउन लाग्नुपर्ने ब्यथितिको सृजना हुंदा समस्या दिनरात पलाउँदै गएको छ । अब आउने निर्वाचनमा पनि जोसंग रकम छ उनै र तिनैले मात्र उम्मेदवारको टिकट पाउने भएसी खासमा देशको चौतर्फी बिकास गर्ने जनताको हित चाहने जनप्रतिनिधिहरु पाउन सकिन्न । जसको कारण ब्यक्ति बिकास बाहेक देश र जनताको बिकास हुदैन । त्यसैले निर्वाचनमा भड्कीलो खर्चेर रकम बांडेर चुनाव जित्ने परम्पराको अन्त्य हुन जरुरी हुन्छ यसको लागि सरोकारवाला निकाय , जनता र राजनैतिक दल सचेत नहुंदासम्म सदैव पैसा हुनेको हातमा मात्र ब्यवस्था जानेछ ।

प्रतिक्रिया दिनुहोस्