२०८१ कार्तिक १५
९८५७६५०३३४, ९८५७६५००९३

जोमसोम एयरपोर्टको बजाज सोरुमदेखि फोसेल रेष्टुरेन्टसम्मको सडक सरोकार निकायबाट पुनः नाप्न स्थानीयको माग नत्र सडकको काम रोकिदिने

“मापदण्डमा ११ मिटर तर बजार भित्र छिरेपछि पहुंच पुग्नेहरुले नालीको साईज घटाउने र सांगुरो बनाउने गरेका छन् ।”
साउन १० मुस्ताङ । घरपझोङ गापा वडा नं ३ पुथाङ बजार जोमसोम एयरर्पोटमा यतिखेर सडकको काम बिस्तार र ढलान गर्ने कामले तिब्रता पाएको छ । दामोदरकुण्ड , मुक्तिनाथ , चिनसंग जोडीएको कोराला नाका जाने  कालीगण्डकी कोरीडोर बेनी जोमसोम यस सडकलाई प्रमुख रुपमा लिएको छ ।
सरकारले पनि राष्ट्रको गौरबको रुपमा लिएको यो सडक पुथाङ बजार जोमसोम एयरर्पोटमा बिस्तार गर्न लाग्दा किचलो बढेको छ । पुथाङ बजारका स्थानीय बिकास र सडक बिरोधी भने होईनन् तर पहुंच भएकाहरुले आफुखुशी सडक , नाली बनाउन लाग्दा दिन प्रतिदिन बिवाद चर्केको छ ।
पहेलो घेरा भन्दा २ मिटर अघिनै नालि
मापदण्डमा ११ मिटर तर बजार भित्र छिरेपछि पहुंच पुग्नेहरुले नालीको साईज घटाउने र सांगुरो बनाउने गरेका छन् । नागबेली आकारको नाली बनाउने , मापदण्ड भन्दा कमको सडक बनाउन दवाब दिनाले सडक कुरुप बनेको स्थानीय बताउछन्  । सबैलाई सरोकारवाला निकायहरुले समान आँखाले हेरेमा स्थानीय बिकासको बाधक नभएको पुथाङ बासीले बताएका छन् ।
प्रदेश सांसददेखि जिल्लाका प्रमुख पद धारण गरेका राजनैतिक दल तथा संघ संस्थाका ब्यक्तिहरुको बसोबास भएको ठाउमा सडकको स्तर खस्केको देख्दा छिमेकी गाउँ तथा पर्यटकरुले कुरा काट्ने बाटो भएको छ । आफुखुशी ईन्जिनियर बनेर बनाइएको सडक र नालीको एकै नाप अनुसार अनुगमन गरी बनाइदिन सरोकार निकायसंग स्थानीयले माग गरेका छन् ।
सडक अनुगमन र निरीक्षण गर्न बनेको पुथाङ बजारका समितिको गाउँको निर्णय अनुसार सडक र नाली बनेको छैन । गाउँ र समितिको अनुसार दक्षिणतिर रहेको एयरर्पोटको फलामे गेटनिर पानी बग्नेगरी ढल , एयरर्पोट प्रवेशद्धार मुल गेटनिर पानी बग्नेगरी ढल , लोमन्थाङ होटेलनिर ढल र ओमसोम तथा कृशु होटलको बिचबाट ढल बनाउने निर्णय भएको तर कार्यान्वयन भएको छैन ।
ठाउँठाउँमा सडक क्रसगरी ढलमा पानी बगाउने गरी निकासा नदिएमा नागबेली नाली भएको ठाउँमा लेदो पानी जमेर सदैव एयरर्पोट दुर्घन्धित हुनेछ । भने बर्षात्को झरीमा एयरर्पोट जलमग्न हुने स्थानीयले बताएका छन् । कतै नभएको जात्रा पुथाङ बजार भित्र हुंदा पनि सरोकारवाला निकायहरुले कानमा तेल हालेर बस्नु भनेको सडक कार्यालय ठुलाबडाको दबावमा परेको बुझिन्छ पीडित पक्षहरुको बुझाई रहेको छ ।
हंसीया आकारमा नागबेली ढलको नाली
प्ुथाङ बजार जोमसोम एयरर्पोटको हित चाहने स्थानीयहरुले बजाज सोरुमदेखि फोसेल रेष्टुरेन्टसम्म हरेक घरको अगाडिको सडक ११ मिटर हुनुपर्ने माग राखेका छन् । त्यसैगरी एयरर्पोट क्षेत्रभित्रको ढल र नालीको साईज एकैनासको हुनुपर्ने कसैलाई कांखापाखा नगरी सडक बिस्तार गर्नुपर्ने छ । भने सडक र ढल सिधा हुनुपर्ने नागबेली आकारमा हुन नहुने भन्ने स्थानीयको माग रहेको उनीहरुले बताए ।
स्थानीयहरुको माग अनुसार राजनैतिक दल , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , सडक कार्यालय । ठेक्दार , प्राबिधिक , पत्रकार र स्थानीय बासीको प्रतिनिधिहरुको रोहबरमा सरोकारवाला निकायहरुले पुन ११ मिटरको नाप लिएर सडक र नाली बिस्तार नगरे आफ्नो घर पनि भत्काउन नदिने र सडक बिस्तारको काम रोकीदिने बताएका छन् । साथै समस्याको समधान नहुंदासम्म सडक बिस्तारको काम रोक्न ठेक्दारलाई अनुरोध समेत गरेका छन् । नत्र पछि हुन आउने क्षेतिपूर्तिको जिम्मेवारी ठेक्दार आफैले लिनुपर्ने स्थानीयले बताए  ।

प्रतिक्रिया दिनुहोस्