कार्यक्रममा मुस्ताङ जिल्लाको मुटु मानिने पुथाङ बजार जोमसोम एयरपोर्टमा हुने गरेका बिकासे कामको समिक्षा , नयां योजनाको काम गर्ने सक्बन्धमा छलफल भएको थियो ।
भाद्र १ मुस्ताङ । गण्डकी प्रदेश मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका वडा नं ३ पुथाङ एयरपोर्ट गाउँ समाजको ३१ औ साधरण सभा सम्पन्न भएको छ ।
प्रत्येक २ बर्षमा गाउँको अधिवेशन गरी समिति चयन हुने र हरेक बर्ष भाद्र १ गते साधरण सभा हुने साधरण सभामा बिबिध बिषयमा छलफल हुने गर्दछ ।
कार्यक्रममा मुस्ताङ जिल्लाको मुटु मानिने पुथाङ बजार जोमसोम एयरपोर्टमा हुने गरेका बिकासे कामको समिक्षा , नयां योजनाको काम गर्ने सक्बन्धमा छलफल भएको थियो ।
यतिखेर पुथाङ बजार जोमसोम एयरर्पोट क्षेत्रभित्र सडक निमाण गर्न तथा बिस्तार गर्ने क्रममा सडक अलपत्र छोडिएकोमा अबिलम्ब बनाउनु पर्नेमा सबै कुरीया एकमत भएका थिए ।
साथै बिधुतको तारहरुलाई अण्डरग्राउण्ड गर्न गापाबाट बिनियोजन भएको रकम अपुक हुनेहुंदा थप रकमको लागि सांसद गौचन तथा सरोकारवाला निकायहरुमा लाई अनुरोध गर्ने कुरामा छलफल भएको थियो ।
साधरण सभा गाउँ मुखीया सत बहादुर थकालीको अध्यक्षतामा सञ्चालन भएको थियो । पानसमा बत्ती बाली ब्यानर पढेर कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद माननीय चन्द्रमोहन गौचनले गरेका थिए ।
उक्त कार्यक्रममा पूर्व गाउँ मुखीया , सचिव , जिसस सभापति , गाउँ कुरीया , वडाध्यक्ष र पत्रकारहरुको उपस्थिति रहेको थियो । भने स्वागत मन्तब्य सल्लाहकार शेर बहादुर गुरुङले र कार्यक्रम गाउँ सचिव पेमा छेतेन बिश्वकर्माले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्