२०८१ पुष १२
९८५७६५०३३४, ९८५७६५००९३

यसपाली मतपत्र बदर हुन दिनुहुन्न

 

बिगतदेखि आजसम्म भएको निर्वाचनमा यस जिल्लामा मतदान गर्दा धेरै मतपत्रहरु बदर हुनेगरेको छ । यसको न्युनिकरण गर्न सरोकार निकायबाट प्रचार प्रसारमा कमी हुनुनै हो । जनताले मतदानको महत्व राम्रोसंग नबुझ्नु अनि निर्वाचनले के गर्छ जनतालाई भन्ने बिषयमा जनता बिमुख हुनाले पनि हो । हिमालपारिको जिल्ला मुस्ताङमा बसोबास गर्ने जन समुदायहरुमा मतदाता शिक्षाको अभाव हुनाले पनि समस्या आउने गरेको छ । अर्को जिल्लामा उम्मेदवार दिएका चिन्हमा मात्र मतदान गर्न नपाउनुको कारणले गर्दा पनि समस्या आउने गरेको हो । मतदाता शिक्षा भएता पनि काम टार्ने खालका हुन्छन् त्यो पनि सबैको लागि रोग बनेको छ ।

हरेक मतपत्रको मुल्य रहने गरेको हुन्छ हारजित पनि मतबाट हुने भएकोले यसको औचित्य के हो जनतालाई सचेत गराउन सक्नुपर्छ । नत्र यसपालीको निर्वाचनमा पनि बाकसमा खसेका मतपत्र बदर हुन जानेछन् । न्युनिकरणको लागि सबै सरोकारवाला पक्षधरहरु जिम्मेवार बन्नै पर्ने हुन्छ । यसको लागि प्रत्येक राजनैतिक दलहरुले आ आफ्ना मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउन जरुरी देखिन्छ । बर्षमा स्थानीय र संघ प्रदेश गरी तीनवटा निर्वाचन हुनेभएको बेलामा यस जिल्लामा गएको निर्वाचनमा पनि धेरै बदर मत भेटियो हार्नेले जिते जित्नेले हारे । यसको बिषयमा मतदाता , सरोकार निकाय र राजनैतिक दलले बेलैमा सोच्न जरुरी हुन्छ नत्र आउने निर्वाचनमा पनि बदर मतको चाङ लाग्नेनै छ ।

एकमतले हारजित गराउने कुरामा त सबैलाई अवगतनै छ तर हामीले यसको बिषयमा सोच पुर्याउने गरेका छैनौं । त्यसैले मंसिर चारको निर्वाचनमा बाकसमा खसेको मत बदर हुन नदिन सबैजना सचेत हुनु पर्छ । यसको लागि हरेक वडामा मतदाता शिक्षा दिन र मत कसरी हाल्ने त्यसको बारेमा सिकाउनु पर्ने हुन्छ । मतदातालाई मतदान कसरी गर्ने भन्ने बिषयमा जानकार ब्यक्तिहरुले पनि मत बदर गराएको पाईएको छ । एउटै मत पत्रमा धेरै ठाउँमा मतदान गरेको पनि देखिन्छ यसबाट के थाहा हुन्छ भने जानेर बदर गरेको नै हो यस्तो बिषयमा सचेत गराउनु पर्छ । अर्को कुरा कार्यकर्तालाई प्रलोवनमा पारेर रकमले मत किन्दा मतदाताहरुले सबैलाई मन राख्न मतदान गरेको पाईएकोछ । त्यसैले रकमको दुरुपयोग गरी मत नकिनौं यसमा निर्वाचनसंग सरोकार राख्ने निकायहरु सचेत हुन जरुरी हुन्छ साथै यसपालीको चुनाबमा अमुल्य मत बदर हुनबाट रोकौं ।

प्रतिक्रिया दिनुहोस्