२०८१ मंसिर १८
९८५७६५०३३४, ९८५७६५००९३

बिगतको जनप्रतिनिधिहरुको बिकासले जनता निरास

 

हिमालपारिको जिल्लामा पछाडि पारिएका जन समुदायहरुको बिकास हुनेगरी बिगतदेखि यो दिनसम्म कुनैपनि कार्यक्रम आउन सकेन । यो आफैमा दुखदायी कुराहो यसको बिषयमा चासो राख्ने कुनैपनि जनप्रतिनिधिहरु भएनन् । काग कराउदै गर्छ पिना सुक्दै गर्छ हात्ति लम्कदै गर्छ भन्ने बाहेक जनताको काम गर्ने जननेता मुस्ताङमा जन्मिन सकेन । राजनैतिक गाईजात्रा भित्रको खेल हेर्ने हो भने पछाडि पारिएका जन समुदायहरुको पालो आउन सकेन यो नाटकीय खेल कहिलेसम्म । परिवार वादले थलो नछोड्ने यो जिल्लामा अन्य समुदायहरुको दिन नआउनेनै भयो किनभने निर्वाचनको बेलामा लाम्पसार पर्न पनि तयार हुनेहरु जितेपछि देखेर पनि नदेखैझै गर्ने बानी लागेकाहरुले गास बास र कपासको लागि बिकास हुदैन यहां । बरु के गर्दा आफु र आफन्तहरुको बिकास हुन्छ त्यस्तो खालको योजना ल्याउन तयार हुन्छन् । अब जनता सचेत हुनैपर्छ दिएको पैसा खानैपर्छ भोट बिकास गर्ने युवा उम्मेदवारहरुलाई दिनैपर्छ । पटक पटक पुरानै अनुहार दोहोर्याएर जनता नोकर र जनप्रतिनिधिहरु मालिक बन्ने प्रथाको अन्त्य गराउन जनताहरुले सोचेर भोट दिेनेबेला आयो । बिगतदेखि हालसम्म भएका जनप्रतिनिधिहरुले जनमुखी काम गरेकै छैनन् सदैब जनता निरास हुनु पर्ने बाध्यता बनाएका छन् अब यसको अन्त्य गराउन मुस्ताङ बासी चनाखो भई जाग्नुपर्छ भोट सोचेर हाल्नेतिर लाग्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्