२०८१ पुष ७
९८५७६५०३३४, ९८५७६५००९३

निर्वाचनमा पैसा लिने र दिनेलाई कार्वाहीहोस्

 

कानुनको ठेली रहेको यो देशमा यसपाली पक्कै काम गर्छहोला किताबले तर त्यो बिताव भित्र रहेका दफा र उपदफाहरु सोझा साझालाई मात्र काम होकी सबैलाई । किनभने कानुनको रटान सर्बसाधरणलाई मात्र हुने गर्छ सायद पबित्र मुक्तिनाथको भगवान भएको स्थानमा यसपाली पैसाको चलखेल रोकिन्छ होला पनि । यसको लागि सरोकारवाला निकायहरुको ध्यान कत्तिको पुग्छ त्यो भने हेर्न बांकीनै छ । यसको लागि अहिलेको निर्वाचन आचारसंहिता कस्तो बनेको छ बनाउनेलेनै जानुन तर पैसाको चलखेल हुन नदिन कस्तो खालको थीति र नीति बन्छ मसिनो तवरले खोजि गरिनु पर्छ । किनभने बिगतको समयमा बाक्लै रकमको चलखेल हुने गरेको तथ्यहरु बाहिरिएको छ स्थानीय निर्वाचनमा त जनप्रतिनिधिहरु किनबेच भएको तितो सत्य सेलाउन नपाउदै संघ र प्रदेशको निर्वाचन हुदैछ ।

निर्वाचन नजिकिदै गर्दा मतदाताहरुलाई आाफ्नो अधिनमा ल्याउनको लागि बिबिध प्रकारको प्रपन्च रचेर बसेका होलान् । किनभने चुनाब जितेर गएपछि जनताको घर नडुलेकाहरुलाई र उनीहरुको समस्यालाई लात मारेकाहरु फेरी पनि यसपालीको निर्वाचनमा पैसाले मत किन्नलाई तयारी अवस्थामा रहेका होलान् । यसको खोजीनीति गर्ने काम कसको हो यो कुरा सरोकारवाला निकायहरुको काम कर्तब्यमा भर पर्न जानेछ । मतदाता भन्दा पनि उम्मेदावारी र पार्टी दोषी हो किनभने मतदाताहरुको चोखो मतलाई पैसाले किनेर ठुला कुरा गर्नेहरुको लागि । पैसाको बिटोले मत किनेर बिजय भएपछि सानभान उनीहरुको हुन्छ त्यसपछि मतदाताहरुको समस्यालाई वास्ता गर्न छोड्छन् यहांको चलन हो । जबसम्म पैसाले भोट किन्ने चलनको अन्त्य हुन्न र संस्कार संस्कृति जोगाउने नाममा पुरानो चलनको अन्त्य हुन्न मुस्ताङको बिकासले कोल्टो फेर्दैन ।

मुस्ताङको निर्वाचन फरक शैलीको हुने गर्छ यसपालीको निर्वाचनमा कुनैपनि हालतमा रकम बांड्ने काम रोकिनु पर्छ । यसको लागि राज्यको संयन्त्र पुरै रुपमा लाग्नुपर्छ यो हामी सबैको कर्तब्य हो यसको न्युनिकरण गर्न राजनैतिक दल निर्वाचन पक्षधर र मतदाता आफै सचेत हुन जरुरी हुन्छ । किनभने यसरी पैसा खर्च गरेर निर्वाचनमा उम्मेदवारी जित्ने प्रथाको चलन बस्यो भने हरेक पार्टीका असल कार्यकर्ता र जनमुखी नेताको उदय हुन सक्दैन । अर्कोतर्फ समाजमा पछाडि परेका जनताहरुको घरमा सुखको दिन आउँदैन यसको अन्त्यको लागि जनता सचेत हुनेबेला आयो । यसपालीको निर्वाचनमा आर्थिक चलखेल गर्ने निकाय , पैसा बांडफंड हुन सक्ने ठाउं र स्थानको पहिचान गरी बाक्लो रुपमा सुरक्षाकर्मी खटाउनु पर्छ यदि पैसा बांडेको भेटिएमा लिने र दिनेलाई कार्वाही हुन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्