बेनी जोमसोम सडक जनताको लागि साहारा दिने लौरो बन्ला भन्दा यतिखेर छडी भएर खडा भएको छ । बेनी जोमसोमको सडकमा हुने गरेको भद्रगोल र खेलिने राजनीतिको कारण जनता भने मारमा परेका छन् । समस्याको अन्त्य होला भन्दा पनि रमीता बनाएर त्यस माथि खेलखेल्ने काम हुने गरेको छ । दुरदराजमा बनेको सडकको हालत कमसल र आफुखशी काम गर्नाले आउने गरेको समस्या हो । कानमा तेल हालेर बसेकानुछन् सडक बनाउने अड्डाहरु लाजत पचिसके तर कानुनले पनि केहि नगर्दो रहेछ कुन जातका मानव रहेछन् । को कसको समस्या हो यो समयमा सडक बिस्तार र निमार्ण हुन नपर्ने । यस्ता खालका काम नगर्ने पाजीहरुलाई तह लगाउन सक्ने कानुन नहुनु भनेकोनै सबै मिलेर खाम भाले भन्ने सिद्धान्तको कारणलेनै हो ।
सडकबाट पछाडि परेका जनताहरुको समस्यालाई नजिकबाट नियाल्ने कुनै जिम्मेवारी ब्यक्ति भएको पाइएन । बेनीजोमसोम सडकले मुस्ताङीहरुलाई दिनेसम्मको धोका दिएको छ समस्याको थुप्रो भने लाग्ने तर समधान भने कहिल्यै नहुने कस्तो खालको सडक हो यो । के राज लुकेको छ बेनीजोमसोम सडकमा जहिले सुकैपनि समस्याको समधान हुन नसक्ने । बिकासले पछाडि परेको यो जिल्लाको अवस्था दिनप्रतिदिन नाजुक हुदै गएको छ यसको जिम्मेवारी क कसले लिने हो । बिकासको लागि बिस्तारै बामे सरेको यो जिल्ला शिशु अवस्थामा नै छ तर योजनाको ओईरो लाग्ने ठाउँमा बिकास बालुवामा पानी हालेसरह हुने गरेको छ । यसको अन्त्य गर्न गराउन को कसले जिम्मेवारी लिन्छन् समयले बताउनेनै छ ।
मुस्ताङमा हुने गरेको हरेक खालको बिकासको अवस्थालाई नजिकबाट प्राबिधिक तवरले खोजतलास गर्ने हो भने कुनै काम गत्तिलो खालको छैन । तलदेखि माथिसम्म सेटीङमा काम हुने गरेको हुन्छ अनि कसरी बिकासको काम सहज रुपमा हुने गरेको हुन्छर । यस्तै जटिलताको कारणले हो समाज र देशको बिकास हुन नसक्ने यसको अन्त्य गर्न युवा जनसक्ति कसैलाई कांखापाखा नगर्ने जिबित योद्धा जनप्रतिनिधिहरुको आवश्यकता पर्ने गर्छ । जसले सबैलाई नीति र बिधिमा राख्न सकोस् नत्र सबैखाले बिकास र बेनीजोमसोम सडककको हालत उस्तै हो नत सडक नत बिकास यो समस्याको अन्त्य हुदैन । पर्यटन र प्रकृतिको उद्गम थलो मुस्ताङको भबिश्य लगाम बिनाको घोडासरी दौडी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्