२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

सम्पन्न नहुने बेनी जोमसोम मोटर बाटो

 

सडकले दुर दराजको क्षेत्रलाई नजिक बनाउछ भन्ने कुरा सांचो हो । तर हिमालपारिको जिल्ला मुस्ताङमा बेनी जोमसोम सडक मार्गको शुरुवात भएको पनि दुई दशक हुन थालिसकेको छ । तोकेको समयमा सम्पन्न हुन नसक्ने बेनी जोमसोमको सडकले कहिलेसम्म सार्थकता पाउला यो भने सोचनिय बिषय हो । सरकारको बजेटलाई दुरुपयोग गरेर बर्षेनी त्यही मोटर बाटोमा लगानी गर्दा ठुलो रकम खर्चने गरेको छ । यसको बिषयमा चासो दिने निकायहरुको अभाभले गर्दा आउने गरेको समस्या हो । मुस्ताङमा भन्दा पनि म्याग्दी खण्डमा आउने गरेको समस्याको बारेमा पहिचान हुन सकिरहेको छैन । के कति कारणले सडक निर्माणमा ढिलासुस्ति हुनेगरेको छ यस्तो जनताको बिच प्रत्यक्ष सरोकार राख्ने सडकको बारेमा बहस हुन सकेन ।

रुप्से छहरा , काभ्रेको भिर , जलथलाको कालो भिर लगायत म्याग्दी खण्डको धेरैजसो मोटरबाटोको अवस्था साह्रै नाजुक छ । यि हउंदको समयमा बनाएको कच्ची सडक बर्षातको समयमा बेस् नै नरहने गरी भत्कने गर्दा पनि पून त्यही स्थानबाट बाटो खन्ने गरिन्छ किन । सधैभरी राज्यको धनलाई पहिरोमा बगाउने हो भने भन्नु केही छैन तर सयमस्याको समधान गर्न गतिलो प्राबिधिकहरुको उपस्थितिमा उक्त मोटर बाटोको निर्माण गरिनु पर्छ । बेनी जोमसोम मोटर बाटेलाई समयमा सम्पन्न गरी हस्तान्तरण गर्न सरोकारवाला निकायहरु लाग्नु पर्छ होईन भने काम नगर्ने ठेक्दारहरुलाई कानूनी दायरामा ल्याएर कावार्ही गर्ने आंट गरिरनु पर्छ ।

मोटर बाटोको कारण मुस्ताङी जनताहरुले धेरैनै सास्ति पाएका छन् तर यसको बिषयमा आवाज उठाउने निकाय बिरलै भएको पाईयो । बेनी जोमसोम मोटर बाटोको लागि मुद्दा बन्न र आवाज उठ्न कित निर्वाचन आउनु पर्छ कित पहिरो जानु पर्छ नत्रभने कसैले वास्ता गरेको देखिन्न ठेक्दारको हालीमुहाली चल्ने गरेको हुन्छ । अब बर्षातको समय लाग्न थालेको छ अनि असारमा कामको बजेट निकासा गर्नको लागि भएपनि काम गरेजस्तो गरी सडकमा ठेक्दारहरु लागि परेका हुन्छन् । कामै नगरी कसरी बिल पास हुन्छ यो अचम्मको बिषय हो । यसको बारेमा जनप्रतिनिधि र सरोकारवाला निकायहरुको आवाज बुलन्द्ध हुन जरुरी हुन्छ । कडाईका साथ काम नलगाउने हो भने सालैपिछे यस्तै चाल हुनेनैछ त्यसैले बेनी जोमसोमको मोटर बाटो समयमानै सम्पन्न हुन सक्दैन बेलैमा सबैको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्