२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा सरकारी कर्मचारी पनि स्वबियु उम्मेदवारी

 

यतिखेर स्वबियु निर्वाचनले देशैभरी माहोल तताउदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङमा पनि तेज निरला जनहित बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचनले बिद्यार्थीहरूलाई माहोल तताउने गराएको छ ।

आ आफ्नो समूहलाई जिताउन चार बिद्यार्थी संगठन जसमा नेबिसंघ,अनेरास्वबियु समाजवादी , अखिल क्रान्तिकारी र अनेरास्वबियु रहेका छन् ।

नेकपा एमाले निकट अनेरास्वबियुले भने मुस्ताङ जिल्ला अस्पतालमा कार्यरत कर्मचारी धिरज परियार प्रत्यक्ष सदस्य पदका उम्मेदवार मतदाता नं ११३५२५ , जिल्ला प्रशासन कार्यालय मुस्ताङमा कार्यरत कर्मचारी समानुपातिक उपसभापति उम्मेदवार पदमा बुद्दिरत्न थकाली मतदाता नं ११३५१६  र मुस्ताङ जिल्ला अस्पतालका कर्मचारी समानुपातिक सदस्य पदका उम्मेदवार शनिलाल परियार मतदाता नं ११३५२१ रहेका छन् ।

सरकारी कार्यालयमा कार्यरत भएका कर्मचारीहरूलाई कसरी क्याम्पस स्वबियु निर्वाचन अधिकृतले उम्मेदवारी दर्ता गराए । भने उम्मेदवारी भएका जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई कार्यालयले कार्वाहीको लागि कस्तो एक्सन लिन्छ त्यो भने हेर्न बांकीनै छ ।
गत फागुन २९ गते क्याम्पसले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि ३० गते नेबिसंघ , अनेरासवबियु समाजवादी र अखिल क्रान्तिकारी संघ संगठनहरूले क्याम्पस स्वबियु निर्वाचन अधिकृत , जिल्ला अस्पताल मुस्ताङ , जिल्ला प्रशासन कार्यालय मुस्ताङ , स्वबियु केन्द्रिय र प्रदेश निर्वाचन कार्यालयमा समेत उम्मेदवारी रद्द र मतदान गर्न गराउन नदिनलाई उजुरी दर्ता गराएका छन् ।
हिमालारिको जिल्ला मुस्ताङमा सबै मिलेर जानुपर्छ भन्दापनि एमाले निकट अनेरास्वबियु बिद्यार्थी संगठनले नमानेको गठवन्धन बिद्यार्थी संगठनहरूले बताएका छन साथै कोषाध्यक्ष र सचिव पद भने नेबिसंघले जित हांसील गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्