२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

जोमसोम एयरर्पोटको नागबेली नाली र सडक अलपत्र किन

जिल्लाको बिद्धान , शिक्षित , धनीबर्ग र सबै पार्टीका नेताहरु बस्ने स्थानमानै सडकको दुरदशा हेरि नसक्ने खालको छ । सबै गाउँ र ठाँउको कुरा मिलेर सडक फराकीलोदेखि बनाउनेसम्म सहजता हुने तर पुथाङ बजार जोमसोम एयरर्पोटको अवस्था किन नाजुक भएको होला। नागबेली नाली र अरु सडकको काममा अल्प बिराम लाग्न नहुने हो के भएको छ यसको बिषयमा जन चासो हुन जरुरी छ । के कति कारणले जोमसोम एयरर्पोटको सडक बन्न सकिरहेको छैन यो दुख लाग्दो बिषय बन्न पुगेको छ । सडक बिस्तार नहुंदा यतिखेर पुथाङ बजार जोमसोम एयरर्पोटको ब्यवसायमा समेत ह्रास हुन गएको छ । यसको बिषयमा कसैलाई पनि चिन्ता छैन नत आफ्नो घरको अगाडिको जग्गा कसरी जोगाउने र अरुको जग्गाा कसरी मिच्ने भन्नेबारेको चिन्ताले गर्दा पुथाङ बजार जोमसोम एयरर्पोट क्षेत्रका सडकनै नागबेली भएर बनेको छ । त्यसैले बेलैमा सडकलाई पुर्णता दिन पुथाङ एयरपोर्ट गाउँ समाज र सडकसंग प्रत्यक्ष सरोकार राख्नेहरुले बेलैमा पुथाङ बजारको सडक बनाउनेतिर सबैको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्