२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ जिल्ला अस्पतालमा गरीब बिपन्नहरूको निशुल्क उपचार हुने

 

चैत्र २० मुस्ताङ । हिमालपारिको जिल्लामा पछाडि परेका समुदाय , गरीब ,जेष्ठ नागरिक , सिमान्तकृत वर्ग र आर्थिक अवस्था कम्जोर भएकाहरूको लागि निशुल्क तथा ५० प्रतिशत छुटमा उपचार हुने भएको छ ।

जिल्ला अस्पतालमा सामाजिक सेवा इकाई SSU सञ्चालनमा आएपछि बिरामीहरूले निशुल्क तथा ५० प्रतिशतमा उपचार गर्न पाउने भएका हुन् ।अस्पताल प्रमुख डा.बिशाल तिवारीको अथक प्रयासबाट मात्र यो सेवा लागूहुन सफल भएको हो ।

बिगतमा गरीब दुखी र दलित समुदायहरूको क्षेत्रमा काम गरेको संस्था हिमालपारी उत्पीडित समुदाय बिकास तथा सशक्तिकरण परिषद् मुस्ताङ र अस्पतालमा रहेको ssu सामाजिक सेवा इकाई बिच सम्झौता भई यो सेवा लागू भएको संस्थाका अध्यक्ष भिम बहादुर रसाइलीले बताए ।

संस्थाबाट छनोट भई गएका सहजकर्ताहरूले बिरामीहरूको पहिचान गरी यो सेवा उपलब्ध गराउने छन् । साथै बिगतका दिनहरूमा एम्बुलेस खर्च जुटाउन नसकेर रिफर भएका बिरामीहरूलाई जिल्ला बाहिर लैजान कठिन हुन्थ्यो ssu को कारण यो समस्याको अन्त्य भएको छ आवश्यकता हेरि एम्बुलेन्सको खर्च समेत उपल्बध गराउने छ ।

उपचार खर्च नभएर अस्पतालबाट फर्कन नपर्ने अस्पताल प्रमुख डा. तिवारीले बताएका छन् । भने जिल्ला भरिका जन समुदायहरूले यो सेवा लिनको लागि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्