२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

कम्युनिष्ट पर्टीभित्र गैर कम्युनिष्ट छिरेपछि

 

हुनत नेपालमा कम्युनिष्ट त छदैछैनन् सबै पुंजीवादी कम्युनिष्ट मात्र छन् । पार्टीको  प , राजनीतिको र साथै कम्युनिष्टको क थाहा नभएकाहरूनै स्थानीय , प्रदेश र संघको जनप्रतिनिधि नेता र कार्यकर्ता भएका छन् । करोडौ लुटेका , गुण्डा नाईके , दलाल , ठेक्दार पुँजीपति र भ्रष्टचारीहरूको हातमा राज्यको बागडोर छ । प्याटप्याटे चप्पल लगाएर जनताको घरघर डुलेर बसेर र खाएर कम्म्युनिष्ट पार्टीका प्रचार गरि हिढेकाहरू जसको साथमा केही पनि हुदैन थिए। तिनै आज बिलाशिता घर , गाडी , पजेरो साथै धन सम्पतिको मालिक भएका छन् कहाँबाट आयो सम्पत्ति साथै यिनिहरू कम्युनिष्ट हुन्त ? आफुले कमाको कालो धनलाई सेतो बनाउन कम्युनिष्ट भएकोत होईनन्नी। नत्रभने पटकपटक राज्यको बागडोर सम्हाल्दा पनि कम्युनिष्टका खोल ओडेकाहरूले गरीब दुखी र सर्बहारा बर्ग र जनताको उत्थान हुने खालका समाजवादी नीति कार्यक्रम ल्याउन किन सक्दैनन् । पैसा खर्चेर चुनाव जित्ने र झगडा गरेर पाँच बर्ष सिध्याउने सेटिङमा कमिसन र घुसखोर गरि देशलाई अरू देशको पाउमा बन्धक राख्नेहरू कसरि कम्युनिष्ट हुन सक्छन् । जबसम्म यो देश दलित जनजाति , आदिवासी र सर्बहारा बर्गहरूले चलाउदैनन् अहिलेका सत्ताधारीहरूले देश बेचेर खानेनै छन् । त्यसैले देशलाई मनदेखि माया गर्नेहरू एकहौँ देश जोगाओ ।

प्रतिक्रिया दिनुहोस्