बिना ढुङ्गाना
पाेखराः सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नि सिता दाहालको मुत्यु भएको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। अस्पताको स्रोतको अनुसार सिताको आज बिहान करिब ८ बजे निधन भएको हो।
स्वास्थ्य अवस्थामा गम्भिर समस्या आएपछि उनलाई आज बिहाना अस्पताल लगिएको थियो ।प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पतालमा पुगेका थिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोगेसिभ सुपरान्युक्लियर पाल्सि ( पि.एस पि.)रोगको चपेटामा परेकि सिता दाहाल लामो समय देखि ओछ्यान परेकि थिईन।
माओवादीको सल्लाहकार समेत थिइन् सीता
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्