२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

प्रा.वि. प को मागलाई सम्बोधन गरी सुनुवाई नयाँ शैक्षिक सत्रबाट त्रिविले नेपालीमा पनि प्रश्नपत्र छाप्दै

भुपेन्द्र महरा

पोखरा , ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण संकायमा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पार्नु पर्ने मागको सुनुवाई भएको छ विद्यार्थी परिषद्ले परीक्षामा नेपाली भाषामा प्रश्नपत्र तयार गरिनुपर्छ भन्दै ज्ञापनपत्र सँगै अभियान चलाएको परिषदले जनाएको छ ।

सुनुवाई भएसँगै आउँदो २०८१ को वैशाखबाट नेपाली भाषामा पनि प्रश्नपत्र तयार गरीने त्रिविले जनाएको छ । स्नातक र स्नातकोत्तरमा अंग्रेजीमा मात्र प्रश्न सोध्ने गरिएको थियो भने अब नेपाली भाषामा प्रश्नपत्र तयार गर्ने भएको छ । अंग्रेजीमा मात्र प्रश्न तयार हुँदै गर्दा विद्यार्थीहरु मर्कामा परेका थिए । प्राय विद्यार्थीहरु अनुत्तीर्ण हुनुको कारण पनि नेपाली भाषामा प्रश्नपत्र तयार नभई अङ्ग्रेजी मा तयार हुनु नै थियो ।

विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले असारमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि नेपाली भाषामा पनि प्रश्नपत्र तयार हुनु पर्छ भन्ने ज्ञापनपत्र बुझाएको थियो । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषाल, परीक्षा नियन्त्रक सह प्रा. डा. पुष्पराज जोशी, विश्वविद्यालय क्याम्पस प्रमुख प्रा.डा ज्ञानेन्द्र बहादुर राईलाई छुट्टाछुट्टै भेटगरी बुझाएको थियो।

परिषद्ले शैक्षिक क्यालेन्डर लागू गरि परिक्षा र नतिजा प्रकाशनको समय अवधि ठिक गर्न माग गरेको थियो। साथै दलीय भागबन्डाको अन्त्य, कर्मचारी अभावको कारण दैनिक प्रशासनिक कायमा हुने ढिलासुस्ती ढिक गर्ने, देशभरका विद्यार्थीहरूले ट्रान्सकिप्ट लिन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने, विद्यार्थीको स्वास्थ्य विमाको लागि स्वास्थ्य विमा कार्ड लागू गर्ने, स्नातक , स्नातकोत्तर तहको परिक्षामा नेपाली भाषामा र अङ्ग्रेजी भाषामा प्रश्न पत्र सोध्नु पर्ने जस्ता मागपत्रहरू त्रिवि पदाधिकारीहरू, परीक्षा नियन्त्रण कार्यालय र त्रिवि केन्द्रीय क्याम्पसमा परिषद्का राष्ट्रिय महा-सचिव विष्णुप्रसाद पंगेनीको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्