२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मापदण्ड पूरा नगेरेको भन्दै ३ बैङक कारबाहीमा

बिना ढुङ्गाना

श्रावण २२ गते २०८०।  मापदण्ड पुरा नगरेको भन्दै ३ वाणिज्य बैङ्कलाई राष्ट्र बैंकले कारबाही गरेको छ। राष्ट्र बैङकले कर्जाको निक्षेप अनुपात, नोकसानी कायम नगरेको भन्दै प्राइम कमर्सियल बैंक, कुमारी बैङक र हिमालयन बैङक लाइ कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पति गणना गर्दा वास्तविकताभन्दा कम गरेको र प्रिमियम दर बढाई ब्याज असुललेको हुनाले प्राईम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पटक पटक सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।

माघ महिनामा कर्जा र निक्षेप अनुपात कायम नगर्नाले कुमारी बैङ्क कारबाहीमा परेको हो। राष्ट्र बैंकका अनुसार उक्त बैङ्कलाई ६९ लाख ६३ हजार रुपैया जरिवाना गरिएको छ । हिमालयन बैङ्कले कात्तिक महिनामा कर्जा र निक्षेप अनुपात कायम नगर्दा बैङ्क कारबाहीमा परेका हो।यो बैङ्कलाई पनि १ करोड ३१ लाख रुपैया जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्