२०८१ पुष १५
९८५७६५०३३४, ९८५७६५००९३

ढोरपाटनमा छायाङ्कन गरिएको दुई गितको विमोचन

इन्द्रमणि पाण्डे वुर्तिबाङ

रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगर समितीले तयार पारेको प्राण भन्दा प्यारो लाग्छ नेपालको माटो विरताको स्वाभिमानले देखाएको बाटो तथा बढ्दै जाउ बढ्दैै जाउ शिखर धेरै माथि छ नामक गितको शुक्रवार बुर्तिबाङमा विमोचन गरिएको छ ।

रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सचिव तथा बागलुङका अध्यक्ष सहविन अर्गेजाको स्वरमा रहेको गितको शव्द दान बहादुर थापा र संगित सौगात सायरको रहेको छ । वुर्तिबाङ बजारको स्नेहा होटलमा आयोजना गरेको विमोचन समारोहमा स्थानिय राजनितीक दल, व्यापारी, बुद्धिजिवी,पत्रकार तथा संघ संस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथीको रुपमा बौल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले पाश्चात्य सँस्कृतिको प्रभावले थिचोमिचो पारेको नेपाली समाजमा प्रगतिशिल साहित्य तथा संगितलाई अपनाउनु ठुलो चुनौति रहेको भन्दै सकरात्मक कामको लागी रक्तिम सास्कृतिक अभियान ढोरपाटन नगर समितीलाई विषेश धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन , जसपा गण्डकी प्रदेश सदस्य गंगा बहादुर घर्ती नेकपा एमाले ढोरपाटन नगर उपाध्यक्ष ज्ञान प्रसाद कडेल, , न्यु मोर्डन एकेडेमी कम्पनी सञ्चालक समिती अध्यक्ष उत्तम महत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साथै जनगायक सहविन अर्गेजाले गितको बारेमा स्पष्ट पार्दै विभिन्न माध्यमबाट सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको थियो । रक्तिम ढोरपाटन नामक युटुव च्यानलमा रहेको गितलाई ढोरपाटन आसपासमा छायाङ्कन गरिएको छ । उक्त गितले नेपाली राष्ट्रियता तथा स्थानिय संस्कृतिप्रति सकरात्मक सन्देश प्रवाह गर्न खोजेको स्थानियको बुझाई रहेको छ ।

अटल छ अमर छ विरताको गाथा संसारलाई चिनाउने हाम्रो सगरमाथा तस्विर आखाँभरी प्रतिविम्व देशको गौरव छ सधैभरी आफ्नै भाषा भेषको लगायतका शब्दहरुले स्थानिय तथा राष्ट्रिय भावनाको प्रतिनिधत्व गरेको पाइन्छ । बद्दै जाउ बद्दै जाउ नामक गित केही समयपछी युटुवमा राखिने रक्तिम सास्कृतिक अभियान ढोरपाटनले जानाकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्