पोखरा, पोखरामा मेयर धनराज आचार्यको पुत्ला दहन गरिएको छ । पोखराको लखन चोकमा मेयर आचार्यको पुत्ला दहन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको पोष्टर हटाएको भन्दै पुत्ला दहन गरेको हो ।
लखनथापाको शालिकमा लगेर पृथ्वीनारायण शाहको तस्वीर राखिएको थियो । उक्त तस्वीर पोखरामा बिस्व आदीबाशी दिबस मनाउने क्रममा हटाएपछि बिबाद भएको हो । एउटाको शालिकमा अर्काे पोष्टर टास्दा नराम्रो शन्देश जाने र बिभुती कै अपमान हुने भएकाले एउटाको मात्र रहने अबस्था र्सिजना गर्ने प्रयास गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
शालिकमा राखिएको पृथ्वीनारायण शाहको पोष्टर लाई हटाउने बिषयमा रा.प्र .पा सहितको सर्बदलिय बैठकमा समेत सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिकाले सबै बिभुतीहरुका लागि शालिक र्निमाण गरी बिभुतीपार्कमा राख्ने साबिककै योजना अनुसार काम गरिरहेको र एक महिना भित्र सबै शालिक स्थान्तरण गर्ने छ ।
बिभुति पार्कमा यस अघि नै पृथ्वीनारायण शाहका शालिक भने र्निमाण भैसकेको छ । रा.प्र पा. ले अहिले आएर चोकमा पृथ्वीनारायण शाहका पोष्टर लखनथापाको शालिकमा टासेर किचलो झिक्ने काम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्