२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ जिल्ला अस्पतालबाट एकैचोटी दुईजना डाक्टरहरू सरुवा

 

जोमसोम: हिमालपारिको दुर्गम जिल्ला मुस्ताङमा रहेको मुस्ताङ जिल्ला अस्पतालबाट डा.विसाल तिवारी र डा. मुखिया घले सरुवा भएका छन् ।

अप्रेसन थियटरको स्थापना लगाएत जिल्ला अस्पतालमा पहिलो पटक २०७९ भाद्र १ गते सफल प्रसुती शल्यक्रिया सेवा समेत दिन सफल भएका डा. विसाल तिवारी कार्यालय प्रमुख भएर करिब १ वर्ष ९ महिना सम्म जिल्ला अस्पतालमा कार्यरत थिए ।

नवौं तहका एमडिजीपी डा. घले मुस्ताङ आउनु भन्दा अघि मनाङमा कार्यरत थिए उनी अस्पतालमा नियुक्त भएको करिब दुई महिनापछि दोस्रोपटक शल्यक्रिया गरी सफल प्रसुति गराइएको थियो । उनी मुस्ताङ जिल्ला अस्पतालमा ८ महिनासम्म कार्यरत रहेका थिए । नवौं तहका डा. सरुवा भए लगतै अहिले जिल्ला अस्पतालमा उक्त पद रिक्त रहेको छ भने निमित्त कार्यालय प्रमुखमा भने एक राज बस्नेत रहेका छन् र एम.बि.बि.एस डाक्टर भने २ जना मात्र छन् ।

मुस्ताङ अस्पतालमा जनशक्तिलाई स्थिर राख्न भने चुनौती भएको छ । दुर्गम अस्पतालमा सेवा गरेबापत पाउँने नवौं तहको खर्च व्यवस्थापन मुख्य चुनौती बनेको छ। पटकपटक करारमा भर्ना हुने र केही समयपछि छोडेर जाने परिपाटीले शल्यक्रिया सेवामा असर पर्ने देखिएको छ । जिल्ला अस्पतालमा चिकित्सकहरू स्थिर भएर बस् नसक्नु र अस्पताल भित्र बिबिध खाले पुरानो समस्याको कारण अस्पतालमा काम गर्न अप्ठ्यारो हुनेगरेको असपताल कर्मचारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्