कार्तिक २० ,जाेमसाेम / जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार मुस्ताङको थासाङ गाउँ पालिका २ काे कोवाङमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । स्थानीय नागरिकको समस्या र सुझाव संकलन गर्ने उद्देश्यले प्रहरीले नागरिक सुनुवाई आयोजना गरेको हाे ।
धौलागिरी युवाक्लवको भवनमा आयाेजित नागरिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुको समस्या , गुनासो व्यवस्थापन र शान्ति सुरक्षा सुव्यवस्थित राख्ने गरी जिल्ला प्रहरी कार्यालय मुस्ताङ लागि परेकाे र चाडपर्वको बेला हुने अराजक गतिविधिबारे प्रहरी सधै चनाखाे रहदै २४ सै घण्टा नागरिककाे सुरक्षा खटेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए ।
प्रहरी सेवाको भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन र जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमले टेवा पूर्याउने गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले बताए ।
नागरिककाे शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, सवारी दुर्घटना न्यूनीकरण,सामाजिक अपराध र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा छलफल भएको थियाे ।
स्थानीय नागरिकले प्रहरीको कार्यसम्पादन र भूमिकाका विषयमा उठाएका जिज्ञासामाथि प्रनाउ पाण्डेले जवाफ दिएका थिए । कार्यक्रममा चालु आर्थिक वर्ष मुस्ताङ प्रहरीले गरेका कार्यसम्पादनका बिषयमा जानकारी दिदै प्रनाउ पाण्डेले स्थानीय नागरिक वर्दी विनाकाे प्रहरी रहेकाे र समाजमा हुने अनैतिक क्रियाकलाप राेक्न समुदायकाे पनि महत्त्वपूर्ण भुमिका रहने कुरामा जाेड दिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रनाउ पाण्डेको अध्यक्षतामा भएको नागरिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि,आमा समुह ,युवा क्लवकाे उपस्थिती रहेको थियो । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी चौकी कोवाङ र ईलाका प्रहरी कार्यालय लेतेका सुरक्षा ईकाईकोपनि उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्