२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ जिल्ला अस्पताल बिरामीहरुको रिफर सेन्टर बन्दै

 

२३ कार्तिक,जोमसोम/ जिल्ला अस्पताल मुस्ताङ यतिबेला धेरै गुनासाहरुबाट मुक्त हुन सकेको छैन् । हिमालपारिको जिल्ला मुस्ताङको भौगोलिक भू बनोटलाई मुख्य समस्या बताउदै अस्पतालको सेवा प्रवाहमा लापरबाही गर्दै आएका छन् । विकट र सुगमको कुरा गर्दै सेवा प्रदान गर्ने सेवा प्रदायकनै पानी माथिको ओभानो बन्न खोजिरहेका छन् ।

विःस २०३१ सालमा स्थापना भएको जिल्ला अस्पतालको सेवामा स्तरउन्नत्ती होला भन्दा झनझन खस्कदै गईरहेको सेवाग्राहीहरुको गुनासो छ । नेपालकै पर्यटकीय स्थानको रुपमा देश तथा बिदेशमा आफुलाई चिनाउदै आएको यस जिल्लाको छबि अस्पतालको सेवा प्रवाहले समस्यामा नपार्ला भन्न सकिन्न् ।

देश संघियतामा गईसकेपछि १५ शैयाको अस्पताललाई प्रदेश सरकारको मातहतमा रहने गरी २५ सैयाको रुपमा स्तर उन्नती गरिएको छ । सबै किसिमको विशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको थियो । जिम्मेवारी पूर्वक स्वास्थ्य क्षेत्रमा सरोकारवाला निकायहरुको ध्यान नपुग्दा अस्पतालको सेवा दिनप्रतिदिन खस्कीदै गइरहेकोे छ ।

भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक बस्न नचाहांदा अस्पतालको शल्यक्रिया सेवा समेत अवरुद्ध हुन पुगेको छ । अस्पतालमा विविद्य प्रकारका स्वास्थ्य उपकरण भएता पनि दक्ष जनशक्ति नहुनाले सामान्य भिडियो एक्सरे तथा एक्सरेको सेवा समेत जनताले उपभोग गर्न पाएका छैनन् । जसबाट मुस्ताङ बासी जनता र आगन्तुक पर्यटकहरु मारमा परेका छन् ।

अस्पतालले स्वास्थ्य कर्मीहरुको अभाव देखाउदै , स्वास्थ्य सेवामा समस्या आएको कुरा उनिहरुले बताएका छन् । तर स्थानीय समुदायहरुले भने अस्पतालको कुरा मान्न तयार छैनन् , स्थानीय भन्छन् स्वास्थ्य कर्मीहरुको अभाव देखाएर सेवा प्रवाहमा लापरवाही गरि जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन उनिहरु बताउछन् ।

जिल्ला अस्पताल ५० वर्ष पुग्दा पनि आजसम्म पुर्ण दरबन्दी नहुनु साथै कामचलाउ स्वास्थ्य कर्मीहरुबाट कामकाज गर्नाले धेरै खाले समस्या जिल्ला बासीले झेलिरहेका छन् । अर्कोतर्फ सरोकार निकाय , स्थानिय, प्रदेश र संघ सरकाले अस्पतालालाई बेवास्ता गर्दा १८ जनाको दरबन्दी रहेको अस्पतालमा नवौं तह सहितको दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अस्पतालको सेवा अलपत्र परेको स्थानीय बताउछन् ।

दक्ष स्वास्थ्यकर्मीहरु नहुँदा दिनहुं दर्जनौ बिरामीहरुलाई अस्पतालले यो वा त्यो बहानामा सानातिना रोगको बिरामीहरुलाई उपचार गराउन जिल्ला बाहिरको अस्पतालहरुमा पठाउने गरेका छन् । जिल्ला अस्पतालले उपचार गरेर बिरामीहरु निको बनाउला भन्दा अधिकांस बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गरि पठाउने अस्पतालको रुपमा चिनिएको छ जसबाट स्थानिय जनताहरु आर्थिक समस्याको कारण धेरै समस्यामा पर्ने गरेका छन् ।

सामान्य उपचार गर्न पनि जिल्ला बाहिर जानु पर्दा अस्पतालको सेवा माथि गम्भीर प्रश्न खडा भएको छ । हिमालपारिको आवाजको टिम यहि कार्तिक २३ गते अपह्रान ४ बजे अस्पतालको आकस्मिक सेवामा पुग्दा कुनै पनि स्वास्थ्यकर्मीहरु सेवा स्थलमा भेटिएनन् । सेवा स्थलमा भने हिटर लगातार बलि रहेको हामीले पायौँ अस्पतालका धेरैजसो बिभागहरु खाली थिए भने सरकारी सम्पत्तिको दुरुपयोग भएको पाईयो र त्यसको संरक्षणमा ध्यान नदिएको हामीले महसुश गर्‍याै। कार्यालय समयमा पनि सेवा लिन जाने सेवाग्राहीले स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यकर्मीहरुलाई फोन गरेर बोलाउदाँ पनि उपचारको लागि समयमा उपस्थित नहुने, ढिलो गरी आएता पनि चिकित्सकहरु रिसाउने झर्कीने गरेको अधिकांस सेवाग्राहीहरुले बताए ।

हामीले त्यहि समयको सम्पादन नगरिएको भिडियो यहाँ प्रस्तुत गरेका छौँ ।

 

प्रतिक्रिया दिनुहोस्