२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङकाे सदरमुकाममा रहेकाे सडकनै लथालिङ्ग (फाेटाे सहित)

लथालिङ्ग परेकाे जाेमसाेम अस्पताल अगाडिकाे सडक

प्रकृतिको खानीले सजिएको मुस्ताङ जिल्ला यतिखेर सयौ स्वदेशी तथा बिदेशी पर्यटकहरूले भरिभराउ हुने गरेको छ । तर बेनी जोमसोम सडकखण्ड भने दयनिय छ । त्यसैगरी मुस्ताङ जिल्लाको मुटु मानिने सदरमुकाम रहेको जोमसोम झोलुङ्गे पुल , शैनिक ईलाका र मुस्ताङ जिल्ला अस्पताल वरपरको सडकको अवस्था खत्तमै छ । जोखिम तरीकाले यात्रा गर्नुपर्ने त्यस क्षेत्रको सडक कहिले बन्ला । सम्पूर्ण सरकारी कार्यालय रहेको सडकको अवस्था त लथालिङ्ग छ भने अन्तको के कुरा गर्ने । जिल्ला प्रशासन कार्यालयको आँखा अगाडिको सडक भासिएको , भत्कीएको , पहिरो गएको र त्यस क्षेत्रको वरपरको घर र बस्तिहरू जोखिममा पर्दा पनि आँखा नलाग्ने के हो सरोकार निकायहरू के हेरेर बसेका छन् । कतै हिउँदमा मात्तिने र बर्षातमा आत्तिने बानी परेर त होईन नत्र भने मुक्तिनाथ जाने मुल सडकको अवस्था नाजुक हुंदा पनि सरोकार निकायहरूको ध्यान नजानु भनेको लाजमर्दो कुरा हो । सधै सरकारी र जनप्रतिनिधिहरूको गाडी गुडीरहने सडकको हालत यस्तो हुदा टुलुटुलु हेरेर बस्नसक्ने अल्छी हुतिहारा कर्मचारी र जनप्रतिनिधिहरू भनेको सरकारी काम कहिले जाला घाम भनेर बस्ने खालका रहेछन् । हैन जोमसोम गाउँका स्थानीय बासीहरूले पनि किन आवाज उठाएका छैनन् लौन त्यस क्षेत्रको सडक छिटो बनोस् सरोकार निकायहरूको आँखा त्यतातिर चाँडै परोस् ।

प्रतिक्रिया दिनुहोस्