२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

नवौं राष्ट्रपति रनिङ शील्ड उपाधी जनअमरसिहं मा.वि काेबाङलाई

 

मंसिर १०,जोमसोम /मुस्ताङमा शुक्रबार देखि सुरु नवौं राष्ट्रपति रनिङ शील्ड उपाधी थासाङ गाउँपालिकाकाे जनअमरसिहं माध्यमिक बिधालयले जितेकाे छ ।जनअमरसिहं माध्यमिक बिधालयले ६ स्वर्ण जित्दै उपाधि जितेकाे हाे।यस्तै याेगेन्द्र माध्यमिक बिधालयले ५ स्वर्ण र ज्ञानाेदय माध्यमिक बिधालयले ३स्वर्ण जितेका छन् । घरपझाेङ गाउँपालिकाकाे जनहित माध्यमिक विधालय ५ स्वर्ण जितेकाे छ। १५ सय मिटर छात्र दौड प्रतियोगितामा नालान्दा र योगेन्द्र च्याम्पियन बनेको छ । यी दुबै थासाङ—१ टुकुचेमा अवस्थित विद्यालय हुन् ।यस्तै ४ सय मिटर छात्र दौड प्रतियोगितामा ज्ञानाेदय माध्यमिक बिधालयले पदक हात पारेकाे छ।

८ सय मिटर छात्र दौड प्रतियोगितामा जनअमरसिहं र छात्रा तर्फ याेगेन्द्र माध्यमिक बिधालयले पदक पाएका छन् । हाईजम्प प्रतियाेगितामा छात्र/छात्रा तर्फ जनअमरसिहं माध्यमिक बिधालयले पदक पाएका छन् ।लङजम्प तर्फ भने जनहित माध्यमिक विधालयले उपाधि जितेकाे छ ।छेलाे फाल्ने खेलमा छात्र तर्फ जनहितले उपाधी जित्दा छात्रा तर्फ ज्ञानाेदयकाे पाेल्टामा गयाे।सटपुटमा छात्र तर्फ जनहित हावि हुदा योगेन्द्रले छात्रा तर्फ अाफ्नाे स्थान सुरक्षित गरेकाे छ।छात्र भलिबल खेलमा ज्ञानाेदय ले स्वर्ण जित्दा जनहितले रजत पदकमात्र जित्न सफल भयाे ।

छात्रा भलिबलमा भने जनअादर्शले उपाधी जित्दा ज्ञानाेदय माध्यमिक बिधालयले रजत पदक मै सिमित भएकाे छ। समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकालीले दक्ष र अनुशासित जनशक्ति निर्माण गर्न सहयाेग पुर्याउने हुदा यस्ता प्रतियाेगिता हुनु पर्नैमा जाेड दिए। प्रतियाेगितामा सफल हुने बिधालयका खेलाडी उत्कृष्ट खेल खेलाडीहरुलाई शिल्ड,मेडल,र प्रमाणपत्र सहित सम्मान गरिएकाे जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुमन थकालीले जानकारी दिए । जिल्लाका सबै स्थानिय तहमा रहेका सामुदायिक तथा संस्थागत बिधालयहरु सहभागी खेलकुद प्रतियाेगिता थासाङ गाउँ पालिकाकाे जनअमरसिहं माध्यमिक बिधालयकाे काेबाङमा सन्चालन भएका थिए।

प्रतिक्रिया दिनुहोस्