२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङ जिल्ला अस्पतालमा रेबिजको सुई समेत छैन रहेछ ….

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको एकमात्र जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाईने पर्ने रेबिज बिरुद्धको सुई नहुंदा बिरामी फकर्नु परेको तितो सत्य हुन गएको छ । गत मंसीर ४ गतेको दिन कागबेनीमा कुकुरले टोकेको बिरामी सन्त बहादुर तामाङ जिल्ला अस्पतालमा उपचारको लागि आईपुगेका थिए । तर अस्पतालमा रेबिजको सुई नभएपछि बिरामीलाई फर्काईएको छ भने उनलाई डाक्टरले रेबिजको सुई लगाउनको लागि पोखरा जानुपर्ने सल्लाह दिएका रहेछन् । हैन अस्पताल प्रशासनले यस्ताखाले आपतकालिन औंषधीहरुको पनि ब्यवस्थापन गर्न सक्दैन भने के का लागि सरकारी अस्पताल खोलेर बसेका छन् । यतिखेर जिल्ला अस्पतालमा चरम लापरवाही हुने गरेको छ अर्कोतर्फ सरोकार वाला निकाय र अस्पताल सञ्चालक समिति नामका मात्र हुन की ? कामका यसतर्फ जन आवाज बुलन्द्ध हुन जरुरी भैसकेको छ । सानातिना उपचार पनि हुन नसक्ने मुस्ताङ जिल्ला अस्पताल के को लागि सञ्चालनमा आएको छ ? यस बिषयमा निर्वाचित जनप्रतिनिधिहरुको पनि सरोकारको बिषय हो । जबसम्म जनताले शिक्षा , स्वास्थ्य र रोजगारमा उनीहरुको पहुंच हुदैन भने निर्वाचित जनप्रतिनिधिहरुको झुटो आश्वासन हो भनेर बुझ्न जरुरी हुन्छ । त्यसैले बेलैमा मुस्ताङ जिल्ला अस्पतालबाट जनताले गुणस्तरीय सेवा पाउने वातावरणको ब्यवस्था होस् ।

 

प्रतिक्रिया दिनुहोस्