२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

नेपालमा एचआइभी संक्रमणको दर ५४ प्रतिशतले कम,मुस्ताङमा संक्रमितको संख्या शुन्य

 

मंसिर,१६जाेमसाेम/रोग पत्ता लागेको ४० बर्षमा विश्वमा एचआइभी संक्रमणको दर घट्दो अबस्थामा छ । यो क्रम नेपालमा पनि घट्दो छ ।

तर जोखिम कम गर्न भने सजक हुनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । २०२१ सम्ममा कुल संक्रमित ३ करोड ८४ लाख मध्ये ७५ प्रतिशत एन्टी रेट्रोभाइरल (एआरभी) उपचारमा छन् ।

पछिल्लाे समय संक्रमितकाे संख्या घटे पनि संक्रमितको मृत्युपछि बालबालिकाको शिक्षा र स्वास्थ्य अबस्था कमजोर हुदै गएको स्वास्थ्य कार्यालय मुस्ताङका जनस्वास्थ्य अधिकृत एकराज बस्नेतले बताए । बालबालिकाको अभिभावक नहुँदा  बालबालिका सडकमा पुग्ने गरेको र अकालमा ज्यान जाने गरेको समेत उनले बताए ।

सन् २०२१ मा मात्रै विश्वमा ६ लाख ५० हजार व्यक्तिले एड्सको कारण ज्यान गुमाएका थिए । सन् २०१० मा यो संख्या १४ लाख रहेकाे थियो । मृतकको संख्यामा कमी आएपनि पछिल्ला बर्ष बढीरहेका लापरबाहीका घटनाले पुन संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

नेपालमा १ हजार २ सय बालबालिका एचआइभी संक्रमित रहेको बस्नेतले जानकारी दिए । उनका अनुसार नेपालभर अहिले ३० हजार एचआइभी संक्रमित मध्ये वर्षेनी ३ सय ३६ को मृत्यु हुने गरेको छ । उक्त मृत्युले मृतकका  बालबालिकाहरू अभिभावकविहीन भएका छन्।

सामाजिक बिकास मन्त्रालयको तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्रै नियमित औषधि खाने २ हजार ८ सय ३६ जना एचआइभी संक्रमित छन् । मुस्ताङमा भने एचआइभी संक्रमितकाे संख्या शुन्य रहेकाे छ ।

गण्डकी प्रदेशमा २ सय ९२ बालबालिका एचआइभी संक्रमित छन् । १८ बर्ष मुनिका १ सय २८ र १८ बर्ष माथीका १ सय ४५ जना रहेका छन् । ती मध्ये १६ जना बालबालिकाको संक्रमण पुष्टी भएपछि मृत्यु भएको छ । गण्डकी प्रदेशको प्रतिवेदन अनुसार संक्रमित बालबालिकाको ३६ प्रतिशत अर्थात १ सय ४ जनाले एकजना अभिभावक गुमाएका छन् भने २२ प्रतिशत अर्थात ५४ जनाका बाबुआमा छैनन् ।

असुरक्षित यौन सम्पर्क, रगतजन्य बस्तुको लेनदेन र संक्रमित आमाबाट जन्मने बच्चामा एचआइभी संक्रमण हुने स्वास्थ्य कार्यालय मुस्ताङका जनस्वास्थ्य अधिकृत बस्नेतले बताए । ‘एचआइभी संक्रमण भएको व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र त्यसपछि त्यस्तो मानिसमा अन्य सबै प्रकारका रोगले आक्रमण गरि मृत्यु हुनेअबस्था नै एड्स भएको उनले बताए । हरेकले असुरक्षित क्रियाकलापबाट बच्न सकेमा  एचआइभी संक्रमण नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्