मंसिर,१७ जोमसोम/ मुस्ताङको घरपझोङ गाँउपालिकले १४ जना अपाङ्गता भएका बाल बालिकाहरूलाई शैक्षिक साम्रगी बितरण गरेको छ।
३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाँउपालिका भित्र रहेका ८वटा सामुदायिक बिधालयका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको गाँउपालिकाकी महिला तथा बालबालिका शाखा अधिकृत सरिता थकालीले जानकारी दिईन।
छैरोआधारभुत बिधालयमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा नेकपा समाजवादी पाटी मुस्ताङका अध्यक्ष तथा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष भिम बहादुर रसाईलीले अपाङ्गता भएका बालबालिकाकाे हितका लागि तिन वटै तहका सरकारले आवश्यक पहलकदमी लिनु पर्ने कुरामा जोड दिए। गाँउपालिकाको आर्थिक सहयोगमा बाल बालिकाहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्रीहरू बितरण गरिएको थकालीले बताईन्।उनका अनुसार घरपझोङ गाँउपालिकामा ९ जना अपाङ्गता भएका बाल बालिकाहरूलाई अपाङ्गता परिचयपत्र बितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्