मसिर,२९जोमसोम/शिक्षा सेवा आयोगको परीक्षा उर्तिण गरी छनौट भएका १० जना माध्यमिक तहका स्थायी शिक्षकहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम मुस्ताङमा सम्पन्न भएको छ । जिल्लामा रहेका बिभिन्न बिधालयहरुमा अध्यापन गर्ने गरि स्थायी शिक्षक तथा शिक्षिकाहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जिम्मेवारी हस्तान्तरण सहित पद तथा गोपनियताको शपथ ग्रहण गराएको शिक्षा विकास तथा समन्वय ईकाईका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए।
आयोगले लिएको परीक्षामा सफल भई छनौट भएका १० जना शिक्षक तथा शिक्षिकालाई स्थायी नियुक्तीपत्र समेत प्रदान गरिएको ईकाईका कार्यालय प्रमुख रामेश्वर लामिछानेले बताए।
१० शिक्षकहरु मध्ये ७ जना थासाङ गाउँपालिकाको ज्ञानोदय माध्यमिक बिधालय लेते,जनआदर्श माध्यमिक बिधालय कोवाङ र योगेन्द्र माध्यमिक बिधालय टुकुचेमा पदास्थापन गरिएको छ भने घरपझोङ गाउँपालिकाको जनबाल माध्यमिक बिधालय मार्फामा १ जना र लोमान्थाङ गाउँपालिकाको दिव्यदीप माध्यमिक बिधालय छोसेरमा २ जना शिक्षकको पदास्थापन गरिएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
मुस्ताङका बिभिन्न बिधालयमा १३ जना करारका शिक्षकहरु कार्यरत रहेकोमा १० जना स्थायी शिक्षकको पदपुर्ति भए सगै ३ जना मात्र रहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ । मुस्ताङ जिल्लामा हाल ११ वटा माध्यमिक बिधालय र १ खुल्ला बिधालयले आवाशिय सुबिधा सहित प्राबिधिक विषय संचालन गदै आई रहेका छन् । जिल्लामा रहेका बिधालयमा गण्डकी प्रदेश सहित देशका बिभिन्न जिल्लाका बिधार्थीहरुले अध्ययन गदै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्