फाइल तस्विर
पुष,३ जाेमसाेम /मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अधिकांस युवाहरु रोजगारीका लागि देश तथा बिदेशमा जाँदा पालिकाभित्र युवाहरु भेटाउनै मुस्किल भएको छ । गाउँपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार आधाभन्दा बढी जनसंख्या विद्यालय उमेरका बालबालिका र वृद्धवृद्धाहरु रहेका छन् ।सक्ने युवा शक्ति भने बाहिर रहेकाे गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकामा उर्जाशील युवा शक्ति नहुँदा यहाँ हुने बिभिन्न निर्माण तथा कृषिको क्षेत्रमा निकै नै प्रभाव परेको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अहिले सामाजिक सुरक्षा भत्ता लिने र बालबालिकाको जनसंख्याले आधा भन्दा बढी हिस्सा ओगटेको छ । गाउँपालिकाको तथ्यांक अनुसार विद्यालय उमेर समृहका बालबालिकाहरु ६७५ जना छन् । यो गाउँपालिकामा २ माध्यमिक र एक धार्मिक विद्यालय सहित ५ वटा विद्यालय रहेको छ ।
त्यस्तै, गाउँपालिकाको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाकी फिल्ड सहायक सुजा विकका अनुसार गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरुको संख्या ,ज्येष्ठ नागरिक एकल र ज्येष्ठ नागरिक दलितसहित ४०२ जना वृद्धवृद्धाहरु रहेका छन् । गाउँपालिकामा एकल महिला र पूर्ण अपांगतासहित सामाजिक सुरक्षाभत्ता लिनेको संख्या ४९१ जना रहेको फिल्ड सहायक विकले बताइन् । युवाहहरुको संख्या ज्यादै न्युन हुदा गाउँपालिकाका बाट हुने बिकास निर्माण लगायत अन्य कामका लागि बाहिरबाट युवाहरु ल्याउनु पर्ने बाध्यता रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत होम बहादुर थापा मगरले बताए ।हाल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनसंख्या २ हजार ४६ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्