२०८१ पुष ११
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा सात बुँदे निर्णय सहित बिपद् जोखिम न्युनिकरण ब्यवसथापन बैठक सम्पन्न

 

जोमसोम– हिमालपारिको जिल्ला मुस्ताङमा चिसो बढेपछि आउन सक्ने समस्याबाट जोगिन विपद् व्यवस्थापन तयारीको लागी बैठक बस्यो । राजनैतिक दलहरूको उपस्थितिमा विपद् व्यवस्थापन समिति मुस्ताङको बैठक जिल्ला प्रशासन कार्यालयमा बसेको थियो ।

जिल्ला बिपद् ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपात र चिसोबाट मुस्ताङ जिल्लाका नागरिकहरुलाई जोगाउन विपद् जोखिम न्यूनिकरण संयन्त्रलाई प्रभावकारी बनाउन बैठकको आयोजना गरेको उन्ले बताए ।

प्रजिअ पन्तका अनुसार हिउँदयाममा हिउँ पर्ने, चिसोले नागरिकको स्वास्थ्यमा पार्नसक्ने समस्या, हिमपहिरो र आगलागी घटणाले मानवीय संकट उत्पन्न हुनसक्ने भएकाले प्रशासन, सुरक्षा निकाय, कार्यालयहरु, जिल्लाका ५ वटै स्थानीय तह , रेडक्रस , नागरिक समाज , गैसस महासंघ ,पत्रकार महासंघ र आम नागरिकहरुलाई संम्भावित जोखिमबाट मुक्त राख्न आवश्यक सजगताको लागि अपिल गर्ने निर्णय भएको उनले बताए ।

विपद् भन्नेकुरा थाहादिएर नआउने भएको र यसबाट ठुलो धनजनको क्षति हुनसक्ने भएकोले त्यस्ता प्राकृतिक विपद् जोखिमको सामना गर्न जिल्लामा रहेका स्थानीय, सरकारी कार्यालय र सरोकारवाला निकायहरुसंगै सहकार्य गरी अघि बढ्नु पर्ने निर्णय भएको प्रजिअ पन्तले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति र राजनीतिक दलका प्रतिनिधिहरुको संयुक्त बैठकले संम्भावित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि ७ बुँदे निर्णय गरेका छन् ।

    • हिमपात र चिसोबाट हुने क्षति न्यूनिकरणका लागि सुरक्षा निकायलाई सर्तकताको स्थितिमा राख्ने ।
    •  संघीय तथा प्रदेश सरकारबाट प्राप्त राहत सामाग्रीको समुचित व्यवस्थापन र आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने ।
    • बैठकले हिउँदयामको चिसो मौसम र हिमपातको जोखिम प्रभाव र त्यसको असरलाई न्यूनिकरण गर्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूबाट आवश्यक जनचेतनामूलक सामाग्री प्रचार/प्रसार र न्यानो कपडाको जोहो
      गर्ने ।
    • गत साउन २८ गते गएको कागबेनी बाढी प्रभावित क्षेत्रका घरबार विहिन परिवारहरूलाई संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम संघीय र प्रादेशीक विपद् व्यवस्थापनको नियमावलीमा रहेको राहत वितरण मापदण्ड अनुसार विवरण संकलन गरी प्रक्रियाबद्ध ढंगले राहत वितरण गर्ने ।
    • घरपझोङ ४ जोमसोममा पर्यटन प्रहरीलाई १ रोपनी
    •  जग्गा , घरपझोङ ३ एक्लेभट्टीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २ रोपनी जग्गा , वारागुङ ५ फल्याकमा स्वास्थ्य चौकी निर्माण गर्न २ रोपनी बढी जग्गा माग भएको र सो जग्गा विपद् व्यवस्थापनका लागि आवश्यक नपर्ने भएकाले लिजमा दिन सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्