२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

माघ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमार्फत सेवा दिने

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई-पेमेन्टकाे सुविधासहित सेवा दिने भएको हो ।

यसको कार्यान्वयन विधिसहित  विस्तृत जानकारी www.tuexam.edu.np मा माघ १० गतेका दिन दिइने पनिकाले जनाएको छ। यसअघि हिजो सोमबार अनलाइन डेमाे गरिएको थियो।

FB_IMG_1705395296074

प्रतिक्रिया दिनुहोस्