२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

आयोजक सहारा र थ्रीस्टार आहा रारा पोखरा गोल्डकपकाे उद्घाटन खेलमा खेल्ने

 

६ माघ, काठमाडौं । २३औं आहा  रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र  थ्रीस्टार क्लब क्लब भिड्ने भएका छन् ।

आयोजकले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालामा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ ।

भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ । प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ । नकआउट फर्म्याटमा हुने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्