पाल्पा स्थानीयतहको संस्थागत क्षमता स्वमुल्यांकनको नतिजामा पाल्पाकाे बगनासकाली गाउँपालिका जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक भएको स्वमुल्यांकनमा पाल्पा जिल्ला तर्फ बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८८.५ प्रतिशत सहित प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना, वित्तिय एवम् आर्थिक, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी दशवटा मुख्य सूचकहरू र यसका अतिरिक्त अन्य १ सय वटा सहायक सूचकहरुको आधारमा स्वमूल्यांकन हुने गर्दछ ।
बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा यी सूचकहरुको आधारमा ८८ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै पाल्पाकै रम्भा गाउँपालिकाले ८६, तानसेन नगरपालिकाले ८३, रामपुर नगरपालिकाले ८०.२५, तिनाउ गाउँपालिकाले ७५, रैनादेवी छहरा गाउँपालिकाले ७४.५, निस्दी र रिब्दीकोट गाउँपालिकाले ७४.२५, पूर्वखोला गाउँपालिकाले ६०.७५ प्रतिशत अंक प्राप्त गरेका छन ।
माथागढी गाउँपालिकाको अंक भने उल्लेख भएको छैन् यद्यपी ७५ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकाे दावी गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताए । स्थानीय तह सस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार प्रत्येक स्थानीय तहहरुले आर्थिक वर्षको पौष मसान्तभित्रमा लिजामा उल्लेख भएको सूचकहरुको आधारमा आवश्यक कागजातहरु सहित आ आफ्नो स्वमूल्यांकन पेश गर्नुपर्ने हुन्छ ।
स्थानीय तहहरुले पठाएको कागजातको आधारमा मन्त्रालयले अन्तिम अंक प्राप्त गर्नेगर्दछ । स्थानीयतहको सवल र दुर्वल पक्ष पत्ता लगाई विकास र सुशासनमा कमीकमजोरी सच्याउन स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) लाई प्रयोग गर्ने गरिएको छ ।स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकनमा स्थिती सुधार गर्दै बगनासकाली स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकनमा बगानसकाली गाउँपालिकाले आफ्नो स्थिती सुधार गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ५४.११ प्रतिशत मात्र प्राप्त गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४.३६ मात्र अंक प्राप्त गरेको थियो ।गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले अघिल्लो आर्थिक वर्ष जसरी नै काम गर्ने बताउँदै गाउँपालिकाले सबै सूचकहरुलाई ध्यान दिएर काम गरेको उल्लेख गरिन।
प्रतिक्रिया दिनुहोस्