२०८१ मंसिर ७
९८५७६५०३३४, ९८५७६५००९३

पाल्पाकाे बगनासकाली गाउँपालिकाले गर्याै सार्वजनिक सुनुवाई कार्यक्रम

 

पाल्पा । पाल्पा जिल्लाकाे बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । बगनासकाली गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाको चालु् आर्थिक वर्षको हालसम्मको प्रगति बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले चालू आर्थिक वर्षमा २६० वटा योजना सम्झौता भइ काम भएको बताए ।

उनले यो अवधिमा ६० बढी योजना सम्पन्न भएको र पुँजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको बताए । सेवाग्राहीहरुका जिज्ञाशाको सम्बोधन गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले आर्थिक पारदर्शीता, सुशासन सहितको सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताईन ।

उनले भनिन जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनमैत्री काम गर्नु नै स्थानीय सरकारको मुख्य दायित्व भएकाे उल्लेख गरिन । सेवाग्राहीहरुको जिज्ञासाको जवाफ दिदै गाउँपालिका र मातहतका कार्यालयका कर्मचारीहरुको कार्य चुस्ततामा कुनै समस्या भए जतिबेला पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह गरिन ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले विकास योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएको बताउदै । गाउँपालिकाले काम गर्ने दौरानमा केही सच्याउन पर्ने विषय भए तत्काल सुझाव सल्लाह पालिकामा दिन समेत आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि ढकेश्वर बस्याल, नेपाली कांग्रेसका गणेशप्रसाद बस्याल नेकपा माओवादीका खुमबहादुर बिक ,जनता समाजवादीका खिकबहादुर रेश्मी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, रामप्रसाद ढुङ्गाना,श्रीबहादुर कँवर, कुलप्रसाद ढुंगाना लगायतले गाउँपालिकालाई थप सुझाव सल्लाह सहित जिज्ञासाहरु राखेका थिए। सहभागीहरुले बाँदर नियन्त्रणका लागि खास पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्य खानेपानी लगायत गाउँपालिकाले निर्धारण गरेकाे हालकाे करको दायरा सेवा प्रवाहका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जनताले दिएको सुझावलाइ ग्रहण गरेर अघि बढ्ने बताए । जनताबाट संकलित नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्