पोखरा/पोखरामा सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करण सुरु भएको छ । फेवाताल किनार स्थित बाराहीघाटमा फेस्टिबल सुरु भएको हो ।
बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरेका हुन । कार्यक्रममा “अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा बिकास भईरहेको यो साहित्यिक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गरेको” मुख्यमन्त्रि पाण्डेले बताए, पाण्डेले ‘सांस्कृतिक गतिविधिले हरेक नागरिकमा सदभाव सिर्जना गर्दछ । त्यसैको प्रभाव पर्यटकममा पर्न जान्छ र पोखरा अन्तर्राष्ट्रियस्तरमा अझ परिचित हुने समेत बताए । “राजनीति र साहित्यको अन्तिम ध्येय समृद्ध समाजको निर्माण भएको” उनको भनाइ थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले साहित्यको उत्थानमा सरकारले लगानी बढाउनुपर्ने बताए । साहित्यलाई समाजलाई सचेत बनाउन भुमिका खेल्ने उनको भनाइ थियो ।
आयोजक संस्था बुकवर्म फाउण्डेसनका कार्यकारी निर्देशक निरज भारीले नेपाल लिटरेचर फेस्टिबल पोखराको ब्राण्ड बनेको उल्लेख गरे । “साहित्यले जीवनको अभावहरुलाई टाले जस्तै हाम्रो जीवनका अभावहरुलाई टाल्न हाम्रो लिटरेचर फेस्टिभलले मद्द्त गर्छ भन्ने आशा छ भन्दै कार्यक्रममा तर्क दिएका थिए । पोखरामा निरन्तर फेस्टिबल सञ्चालन गर्ने भारीको उद्घोष छ ।
फेस्टिबलमा पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठल नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर विद्वत्व प्रवचन दिएका छन् । श्रेष्ठले संविधान साहित्यमा जसरी फिँजिनुपर्नेमा नफिँजिएको बताए ।
‘यो संविधान जुन आएको छ, तपाईंहरू त्यसबारेमा कति लेख लेखेको देख्नुहुन्छ रु अपवादमा हेर्नुभयो भने, किताबहरू कति लेखिएको भेट्नुहुन्छ रु नेपालका विभिन्न भाषामा कति रूपान्तरण भएको देख्नुहुन्छ ?’, पूर्वप्रधानन्याधिश श्रेष्ठले भने, ‘र सम्प्रेषणकै कुरा गर्ने हो भने, जनतामा यसको ज्ञान पर्याप्त मात्रामा पुगेको छैन, हाम्रो संविधान घरदैलोमा पुगेकै छैन। न्यायाधीश र वकिलको घरमा मात्र संविधान पुगेर त्यो जनताको बन्दैन। त्यसकारण संविधान साहित्यमा जसरी फिँजिनुपथ्र्यो, फिँजिएको छैन। यो एउटा पक्ष हो। यसलाई पनि हामीले ध्यान दिनुपर्छ भन्दै आफ्नो तर्क राखेका थिए ।
फेस्टिबलको अवसरमा पारेर दुर्गा बराल वात्स्यायनको ‘वात्स्यायनका एण्ड बाब्र्स’ पुस्तकको विमोचन भएको छ । उक्त्त सेसनको उद्घाटन सँगै कार्टुनहरुको संग्रह रहेको पुस्तको पोखरा महानगरपालिकाका मेयर धनराज आचर्यले विमोचन गरे । गोरखा वुमन दृश्य कला प्रदर्शनीसमेत भएको छ ।
फेस्टिबलमा संकविता सेसन अन्तर्गत कुमार नगरकोटीको कविता र कुटुम्ब ब्याण्डको सङ्गितको संयोजनमा अन्तिम प्रस्तुति सँगै पहिलो दिनको कार्यक्रम अन्त्य भएको हो ।
फेस्टिबलको दोस्रो दिन शुक्रबार १२ सेसन चल्नेछ । फेस्टिबलको अलिमियाँ र भूपी कक्षमा सेसनहरु हुनेछन् ।
फेस्टिभलमा ५८ बढी सेसन हुनेछ । फागुन ७ गतेसम्म फेस्टिबल जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस्