२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

१८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु

 

पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिवार) पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ ।

पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार यो पोखरा म्याराथन दक्षिण एसिया कै पहिलो म्याराथन र अन्तर्राष्ट्रिय म्याराथन एसोसिएसन ले मान्यता दिएको अन्तर्राष्ट्रिय म्याराथन ” पोखरा म्याराथन ” हो। भुपु खेलाडी मँञ्चको आयोजना मा बिगत २१ बर्ष देखि हुदै आएको यस म्याराथन को मुख्य सँरक्षक पोखरा महानगरपालिका रहेको छ।

खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास समेत गरिएको आचार्य जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७ जना , १० किमी दाैडमा पुरुष १२९ भने महिलातर्फ २९ जना , छात्र पाँच किमी दाैडमा ५९० र  छात्रामा ४८० जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक  सहभागी भएका छन् ।

नगद ५ लाख रुपैयाँ म्याराथनको विजेताले  प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गरि गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिएको छ । जसले धावकको समय निर्धारण गर्नेछ । पोखरा म्याराथनको यसपटककाे  रुटमा समेत परिवर्तन गरिएको छ । नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्