२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा नेपाल बिद्धुत प्राधिकरण कार्यालयको खांचो

 

हिमालपारीको जिल्ला मुस्ताङमा लामो समयदेखि सरकारको उपस्थितिमा नेपाल बिद्युत प्राधिकरणको कार्यालय रहन सकेको छैन यो आफैमा दुखदायी बिषय हो यस बिषयमा कसैको ध्यान जान सकिरहेको छैन । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको स्थानीय संस्थाले नीजि तवरबाट सञ्चालन गरेको बिद्युत कार्यालय सरकारको स्वामीत्वमा आउन सकिरहेको छैन । यो आफैमा मुस्ताङी जनताको लागि समस्याको बिषय बन्न पुगेको छ । नीजि संस्थाबाट परिचालन भएको बिद्युत कार्यालय पहुंचहरुको हातमा सरकारी सम्पति के कति कारणले गयो । जिल्लाभरी बिद्युत लाएन जडान भएकोले क्षेत्र ठुलो बन्दै गएको छ अबका दिनहरुमा गैर सरकारी संस्थाले जनताको समस्या तुरुन्तै हल गर्न सक्दैनन् अब जनताले सोच्ने बेला आएनर ।

मसीनो ढंगबाट मुस्ताङमा पनि खोजतलास गर्ने हो भने पहुंचवालाहरुले सरकारी स्वामित्वमा रहेका जल , जमिन र जंगल आफ्नो अधिनमा राख्न सफल भएका छन् । यसको बिषयमा पनि राज्यपक्षबाट खोजिनीति गर्न जरुरी हुन्छ । जिल्लाभरी बिजुली लाएनको बिस्तार हुंदा पनि नेपाल बिद्युत प्राधिकरणको कार्यालय सञ्चालनमा आउन नसक्नु भनेको नीजि लगानी कर्ताहरुको पहुंच सरकार भन्दा माथि रहेको आभास हुने गरेको छ । महिनावारी मिटर रिडीङ गरेर मुनाफा कतिभयो भनेर नीजि संस्थाका ब्यक्तिहरुले बोनस बांड्ने मात्र होईन । जिल्लामा बिद्युतको समस्या दिनहुं जसो आउने गर्छ खासै समधान हुन सकिरहेको छैन । यो बिषय जनचासो बन्न पुगेको छ अब यतातिर पनि जनप्रतिनिधिहरुको ध्यान जानेहोकी ।

केन्द्रिय प्रशारण लाएन र चोखोपानीको पुरानै मेशिनलाई मर्मत नगरी जेजति बिद्युत निस्कन्छ त्यसैमा भर परेर अब काम छैन नेपाल बिद्युत प्राधिकरणको अधिनमा रहनुपर्छ । त्यसैगरी पाँचवटा पालिकामा नेपाल बिद्यूत प्राधिकरणको उपशाखा कार्यालय राखेर जनतालाई घरदैलोमा सेवा दिने वातावरणको बिकास गर्न स्थानीय सरकारले सोच बनाउनुपर्छ । मालिक धनीराम र गरीब भुक्कारामको नीतिको अन्त्य हुन सकेन , कसरी हुन्छ असजिलो बाटो अपनाएर भएपनि बोलवालाको हातमा शासन सत्ता जाने गरेको अनुभव छदैछ त्यसैगरी हिमालपारिको जिल्लामा पनि बिबिधखाले समस्या चुलिएको छ । समस्यामा नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुस्ताङमा स्थापना हुन नसक्नुनै हो त्यसैले जनहितको लागि सरकारको स्वामित्वमा रहेको सरकारी बिद्युत कार्यालयको स्थापना अबिलब्बहोस् यस बिषयमा सरोकारवाला निकायहरुको बेलैमा ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्