२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

नेपाली क्रिकेट को सेन्ट्रल कन्ट्रयाक्टमा खेलाडीको संख्या सँगै तलब वृद्धि

 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडि को केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) अन्तर्गत खेलाडिहरुको सङख्या सहित मासिक तलब समेत वृद्धि गरेको छ । संघले फाल्गुन १२ र १४ गते सम्पन्न गरेको केन्द्रिय कार्यसमितिको बैठकले क्रिकेट खेलाडीको वर्गीकरण सहित निर्णय गरेको छ ।

सन् २०२४ को लागि सेन्ट्रल करारमा रहने गरी पुरुषतर्फ  ३० र महिला तर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । जसमध्ये महिला र पुरुष दुवै तर्फ ४/४ ग्रेडमा खेलाडीहरु विभाजित रहेका छन । त्यस्तै दुर्व तर्फ ईमर्जिङ खेलाडीहरु समेत छनोट गरेको छ । सम्झौता २०२४ जनवरी १ देखि लागु भएको हो ।

पुरुष तर्फ ‘ग्रेड ए’ अन्तर्गत राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहीत पौडेल, सोम्पाल कामी, करण के.सी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । ‘ग्रेड ए’ मा रहेका खेलाडिले मासिक रु १ लाख तलब पाउने छन् ।  त्यसैगरी ‘ग्रेड बी’ अन्तर्गत कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहोरा लगायतका खेलाडि रहेका छन् । ‘ग्रेड बी’ का खेलाडीले मासिक रु ७० हजारका दरले तलब पाउने छन् ।

त्यस्तै ‘ग्रेड सी’ मा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी रहेका छन् भने मासिक ५५ हजारका दरले ‘ग्रेड सी’ का खेलाडीको तलब रहेकोे छ । भने पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ लगायतका खेलाडी ‘ग्रेड डी’ मा रहेका छन् । ‘ग्रेड डी’ का खेलाडीको मासिक रु ३५ हजार दिने व्यवस्था गरेको छ ।

ईमर्जिङ खेलाडीका रुपमा पुरुष तर्फ दिपेश कँडेल(कोशी), रुपेश सिंह(मधेश) रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कणर्ली) र हेमन्त धामी (सुदुरपश्चिम) रहेका छन्। उक्त खेलाडीको मासिक रु मासिक २५ हजार तलब तय गरेको हो ।

महिला तर्फ ‘ग्रेड ए’ अन्तर्गत इन्दु बर्मा,रुबिना क्षेत्री, सीता राना मगर रहेका छन भने मासिक रु ५० हजार तलब पाउने छन् । त्यसैगरी ‘ग्रेड बी’ मा कबिता कुवँर रहेकी छन् जसको मासिक तलब ३५ हजार पाउने छन् ।

 

त्यसैगरी पुजा महतो र अश्मिना कर्माचार्य ‘ग्रेड सी’ अन्तर्गत छन भने मासिक तलब ३० हजारको दरले पाउने छन् । अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल ‘ग्रेड डी’ अन्तर्गत रहेका छन् र उनीहरुको तलब मासिक २५ हजार पाउने व्यवस्था गरेको हो ।

महिला तर्फ ईमर्जिङ खेलाडीका रुपमा सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनि, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन लगायतका खेलाडी रहेका छन् । महिला तर्फ ईमर्जिङ खेलाडीका रुपमा रहेका खेलाडीले मासिक रु. २५ हजार पाउने छन् ।

संघले नेपाल ‘ए’ टीमको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी कलाम अली लाइ र यु–१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेश रिजाललाइ दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्