२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने , एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै

 

काठमाडा‌ैँ। अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् ।

रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार एमालेका  प्रमुख सचेतक पदम गिरीले आजै सपथ लिने तयारी भएको छ । यसअघि स्वास्थ्यमन्त्री रहेका गिरीकाे मन्त्रालय भने टुंगाे लागेकाे छैन । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले मन्त्रीकाे सपथ  लिने बालुवाटार स्राेतले जनाएकाे छ ।

जसपाबाट पनि आजै एक जना मन्त्री पठाउने तयारी भएपनि नाम नटुंगिएको एक नेताले बताए । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा  र जनमत पार्टीलाई पनि सरकारमा ल्याउन चाहेका स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्