२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

त्रिविको लापरबाही : नभएको बिषयकाे परिक्षा र महिना ३० परीक्षा ३१ गते

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।

कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते र मानविकी संकायको नियमित नेपलीको ४०२ कोड नं हुनु पर्नेमा नियमित अंग्रेजी ४०२ राखेर तालिका सार्वजनिक गरेपछि विविदित भएको हो ।

त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रो फाइनानन्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ ।

कार्यालयले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो ।  उक्त परिक्षा तालिका शुक्रबार साँझ ८ बजे www.tuexam.edu.np त्रिविको आधिकारिक वेवसाइटमा राखेपनि ठुप्रै आलोचना पछि उक्त साइटबाट परिक्षा तालिका हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्