२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुलबासी छैरो गाँउमा फर्कीआउ

 

नेपालको उत्तरी सिमानामा रहेको गण्डकी प्रदेश मुस्ताङ जिल्ला घरपझोङ गाँउपालिका वडा नं १ मा रहेको मनमोहक स्थान भनेको छैरो गाँउ हो । सौन्दर्यताको खानीले भरिपूर्ण भएको यो गाँउ मुलबासीहरुको पर्खाईमा बिगतदेखि आजसम्म उनीहरुलाई कुरी बसेको छ । समतल भूमि बनजंगलले सजिएको , छहरा , गुम्बा चैत्य , कुण्ड छो , उब्वाउ जमिन भएको यो छैरो गाँउ अरुको लागि महत्वपूर्ण हिरासरी साबित भएको् छ । तर यो कुरा देश बिदेशमा छरिएर रहेका छैरो गाँउका मुलबासीहरुलाई भने मतलवनै छैन कमसेकम पशुपंन्छीले पनि आफ्नो बासस्थान खोजेर बस्छ तर छैरो बासीहरु भने आफ्नो जन्मभूमि त्यागेर कसरी देश बिदेश बस्न सकेका हुन् सम्झिदा उद्देक लाग्छ । आफ्नो घरखेत अरुको जिम्मामा छोडेर कतिन्जेल गैर छैरोबासी भएर अरुको ठाँउमा बस्ने हो आफ्नो गाँउठाँउको माया लाग्दैनर यो सोचनिय बिषय हो ।
छैरो गाँउका मुलबासीहरुले आफुले आफुलाई सोधीहेर ठुला शहरमा पनि एक्लो भएर बस्न बाध्य भएका छौं । किनभने शहरमा चौरासी थरीको खाना पाईन्छ होला तर त्यहाँ छैरो गाँउको चोखो माया , शितल हावा , अर्गानिक खानेकुरा , गाँउले पन शहरमा पाउन सकिन्न । चारैतिर हिमालले घरेको मनै लोभ्याउने आफ्नो छैरो गाँउमा कहिले काँही पर्यटक बनेर मात्र आउन मनले मान्छर । भोलिका दिनहरुमा गाँउका मान्छेहरु एउटै बसमा यात्रा गर्दा पनि नचिनिने दिनहरु आउने छन् यस्तो समयले छैरो बासी र गैर छैरो मुल बासीको बिचको सम्बन्ध एकादेशको कथामा मात्र सिमित हुने छ । घुम्नको लागि मुस्ताङ जिल्ला यतिखेर बिश्वको ३७ औं स्थानमा पर्छ बिदेशीहरुलाई घुम्नको लागि लोभ्याउने मुस्ताङ जिल्लालाई यहाँका स्थायी बासीहरुले चिन्न सकेनन् त्यसमाथि झन छैरोबासीहरुको लागि त मुस्ताङ मेरो जन्मथलो हो भन्ने मात्र भएको छ यो थीति कहिलेसम्म चल्छ छैरोबासीहरु हो ।
धेरै टाढा नजाऔं घरपझोङ भित्रका मार्फा , स्याङ , पुथाङ , जोमसोम , ठिनी , ढुम्बा र सम्ले गाँउहरुको बिकास दिनहुं बढेको छ यसको प्रमुख कारण भनेको गाँउको एकमत साथै गाँउमा सबै मुलबासी मिलेर बसोबास गरेको कारण भएको हो । तर छैरो गाँउका गाँउबासीहरु जन्मभूमि छोडेर गएपछि फर्केर आउन नजान्ने अनि गाँउ र जिल्ला बाहिर बसेर गाँउको बिकास भएन भन्नु बेकारको कुरा हो कसरी हुन्छ छैरो गाँउको बिकास यो पाराले । छैरो गाँउमा ठुला बैकका सिओ , बैंकका कर्मचारी , स्वास्थ्य क्षेत्रका कर्मचारी , डाक्डर , ईन्जिनियर , शिक्षक , सरकारी कर्मचारी , पार्टीका नेता , समाजसेवी , साहित्य प्रेमी , पत्रकार , कलाकार , कालीगड र ठुला देशहरुमा रहेका ब्यक्तिहरुलाई जन्म दिएको छैरो गाँउ यतिखेर सुनसान छ । कतिपयले त बसाई सराई गरी गाँउलाई लात हान्ने काम गरेका छन् खोईत आफ्नो गाँउप्रतिको माया , अरुलाई आफ्नो घरखेत कुतमा दिएर कुत खाँदैमा छैरो मुलबासी हुंदैन यसको लागि छैरो गाँउ फर्कनुपर्छ त्यसैले मुलबासी छैरो गाँउ फर्कीआउ ।

प्रतिक्रिया दिनुहोस्