राष्ट्र निर्माणमा युवाको भुमिका
→ राजन दास
नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान
देशलाई जोगाउन युवाले गर्दै श्रृजनात्मक काम
अलमस्त युवा हामी अब उठ्नुपर्छ सवै एक जुट भई
देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक डिक्का रहि
प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी
बनौं कर्मठ , क्रान्तिकारी , ईमानदार र ज्ञानी बनी
युवाहरू नजागे मातृभुमि संकटमा पर्दैछ
नेताहरु मिलिजुली देश बेच्ने विचार गर्दैछ
समाजका युवाहरू रक्सी चुरोटमा हराए
आमाबाबा नखाउ बाबु भन्दै दिनरात कराए
आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौं
उल्लेखनीय काम गरि जन-जनको दिलमा बस्नेछौं
बिदेश पलायन भए युवाहरु कति कति
युवा नै हुन राष्ट्रियका अमुल्य सम्पत्ति
युवा मलहमपट्टि गर देशको घाउ निको पार्न
बुदापाका घरमा बसे अगाडि बद देशलाई सपार्न
अब जागौं युवा शक्ति देशको निर्माणमा
देश डुब्न लाग्यो अगाडि बद अभियानमा
युवा देशका लागि विद्रोही बनी अगाडि सर्छ्न
तर हन्टर खाई धुरु – धुरु रोई खाडीमा पर्छ्न
युवा भविष्यको खोजी खाडीमा न गर
आफ्नै देशमा पुरुषार्थ गरि देश कल्याणको काम गर
जुटौ सबै युवा हामी काधँमा काँध मिलाएर
देश बिकास गर्न वीर बनी भरोसा दिलाएर !!
ठेगाना : सहिदनगर नगरपालिका ०८ धनुषा
प्रतिक्रिया दिनुहोस्