२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङकाे थासाङमा हिमपहिराेले बाेक्सी खाेला थुिनयाे

जोमसोम– हिमालपारिको जिल्ला मुस्ताङमा रहेको थासाङ २ बोक्सी खोला माथि मानापाथी हिमालको मुलिखर्कको फेंद हुँदै खसेको हिमपहिरोले बोक्सी खोलाको छिप्लुङसम्म थुनिएको स्थानिएले जनाएका छन् ।

थासाङ गापा २ का वडाध्यक्ष गौतम शेरचनका अनुसार गुरुसाङ्वो गुफा माथिबाट खसेको हिमपहिरो करिव १ हजार मिटरको दुरीमा ठप्प जमेर बसेको देखिन्छ कुनै पनि बेला हिमपहिरो फुटेमा वा पग्लिएर तल झरेमा जोखिम निम्तिन सक्ने समेत बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले उक्त क्षेत्रमा सावधानी अपनाउन त्यसक्षेत्रका स्थानिय बासिन्दालाई सचेत समेत गराईसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्