२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

आमा

आँखा खोल्दा सुरुमा आमा म तिमीलाई चिने।

जुन बाटो देखायो आमा तिमीले त्यही बाटोमा हिँडेे।।

खुसी हुन सिकाउने देवी हौ तिमी आमा।

मलाई खुसी पार्न दिनरात गर्छौ तिमीले काम।।

आफ्ना सारा दुःख तिमीलाई आमा मलाई देखेर भुल्यौ।

राम्रो बन्नुपर्छ छोरी भनेरआमा संस्कार तिमीले सिकायौ।।

पहिलोपटक म विद्यालय जाँदा तिमी खुसीले रमायौ।

कति असल छिमेकी सानी भन्दै मेरो हात समायौ।।

महान छ तिम्रो गोडामा कहिल्यै भुल्न नसकिने ।

तिम्रो माया पाएर नै आमा म अघि बढ्न हिँडे।।

मेरो सफलतामा आमा तिमी हुने गर्थ्यौ खुसी।

इच्छामेरो आमा तिमीलाई बनाउन नपरोस् है दुःखी।।

सन्तानलाई सुख दिन आमा तिमीले धेरै दुःख गर्यौ।

आफू भोक हुँदा पनि आमा तिमीले मेरो पेट भर्यौ ।।

मलाई पढाइ ठूलो बनाउने आमा तिम्रो एउटा सपना।

सधैँ हरायौ गरेर आमा मेरो सफलताको कल्पना ।।

दुःखमा मुस्कुराउँदै सिकायौ आमा पीडामा मुस्कुराउन।

भन्थ्यौ सधैं थालेको काम आमासमयमै सकाउन।।

आमा तिमी महान छौ तिम्रो गुडगाउपो म कसरी ।।

हृदयमा भरिएको तिम्रो माया पोखु पो म कसरी।।

प्रतिक्रिया दिनुहोस्