२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

गणतान्त्रिक छैरो गाउँ सुधार समितिको अध्यक्षमा गम बहादुर बिक

भाद्र १८ छैरो मुस्ताङ । हिमालपारीको जिल्ला घरपझोङ गाउँपालिका वडा नं १ छैरो गाउँमा रहेको गणतान्त्रिक छैरो गाउँ सुधार समितिले बिबिध कार्यक्रम गरी गाउँ अधिवेशन सम्पन्न गरेको छ ।

प्रत्येक बर्ष भाद्र १५ गते गाउँ साधरण सभा हुने गर्दछ । त्यसैगरी दुई बर्षमा साधरण सभा सहित गाउँ अधिवेशन हुने गर्छ । जसबाट प्रजातान्त्रिक पद्वतिबाट नयाँ कार्यसमितिको चयन हुने गरेको छ ।

गाउँ अधिवेशनबाट सर्बसहमतले ७ सदस्य कार्य समितिमा अध्यक्षमा गम बहादर बिक , उपाध्यक्षमा शुशील थकाली , सचिवमा शुनील परियर , सह सचिवमा कुन्दन तामाङ , कोषाध्यक्षमा याम कुमार थकाली , सदस्यहरूमा आशिष खाती र सोमचिज गौचन रहेका छन् ।भने सल्लाहाकारमा भिम बहादुर रसाइली , आस बहादुर थकाली र दुरेन्द्र गौचन रहेको समिति बनेको छ ।

छैरो गाउँमा बृहत आमभेलाले २०६२ सालबाट नै मुखीया प्रथा हटाई गणतान्त्रिक छैरो गाउँ सुधार समिति गठन गर्ने प्रकृया थालनी गरेको हो। जसबाट समावेशीबाट गाउँको अध्यक्ष सहितको समिति गठन हुने ब्यवस्था रहेको छ।

मुस्ताङमा साना ठुला गरी करीब ९६ वटा गाउँ मध्ये मुखीया प्रथा नरेको गाउँ छैरो मात्र हो । किनभने नेपालमा राज संस्थाको बिलय सहित नेपालको सबै ठाउँहरूबाट मुखीया प्रथा हटिसकेको छ। तर मुस्ताङमा भने यो मुखीया प्रथालाई कायम राखिरहेको पाईन्छ ।

छैरो गाउँमा जब मुखीया प्रथाको अन्त्यभयो त्यसको पहिलो अध्यक्ष जित बहादुर रसाइली भएका थिए । किनभने छैरो गाउँ बाहेक अन्य गाउँहरूमा गैर दलित बाहेक अरू जाति र समुदायहरू मुखीया हुन पाउदैनन् । सामन्ती प्रथाको अवशेषको रूपमा कायम रहेको मुखीया प्रथाले मुस्ताङमा बसोबास गर्ने दलित र बाहिरबाट आई बसेका समुदायहरूलाई हेर्ने र गर्ने ब्यवहार बिभेदकारी नै छ ।

यो मुखीया प्रथाको कारण गैर दलितहरूको बिचमा पनि भेदभाब गर्ने चलन अहिले पनि कायमै छ । जब मुखीया प्रथालाई जरैदेखि उखलेर छैरो गाउँबाट फालेपछि सबै जात जाति र समुदायहरू पनि अध्यक्ष भई गाउँमा शासन गर्ने वातावरण तयार भएको हो ।

गाउँ अधिवेशनमा छैरो छहरा गुम्बा समिति , बन ब्यवस्थापन उपसमिति छैरो , छैरो आधारभूत बिद्यलय छैरो , गणतान्त्रिक छैरो गाउँ सुधार समिति , छैरो आमा समूह , छैरो दलित समूह र योजनाहरूको बार्षिक आम्दानी र खर्चको हिसाब फर्च्युट गर्नुपर्ने हुन्छ । साथै गाउँको बार्षिक काम गर्न अमर भट्टचनको पालोको साटोमा आशिष खाती र मिम प्रसाद थकालीको साटोमा बल प्रसाद शेरचन १ बर्षको लागि गाउँ घुन्दल चुनिएका छन् उनीहरूले समितिले तोकेका सबै कामहरू गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्