२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

पोखरामा अफरोडर एसयूभी जेको जे ६ र अमोडा ई५ डिलक्स ईभी गाडी सार्वजनिक

पोखरा । पोखरामा अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक भएको छ । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले शुक्रबार गाडी सार्वजनिक गरेको हो ।

कार्यक्रममा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको थियो । नवीन प्रविधि विस्तारमा अमोडा र जेको गाडीले महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने कम्पनिको दावि छ । इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले अमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् ।

हाल अमोडा ई५ डिलक्सको मुल्य ५५ लाख ९९ हजार र जेको जे ६ को मुल्य ६९ लाख ९९ हजार रहेको छ । ईलाईट मोटर्सले ग्राहकका लागि दशैँ अफरसमेत ल्याएको छ । जसमा जेको६ किन्दा ग्राहकले ३ लाख छुट पाउनेछन् । साथै एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउने उनको भनाइ छ ।

पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ । अमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।

यस्तै जेको जे६ ले ४०० किलोमिटर रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ ।

प्रतिक्रिया दिनुहोस्