२०८१ कार्तिक ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमै पहिलो पटक थप उपचारको लागि लैजादै गर्दा बाटोमै एम्बुलेन्स भित्र शिशुको जन्म

असोज २६ थासाङ मुस्ताङ । हिमाहलपारीको जिल्ला थासाङ गाउँपालिका वडा नं ५ टिटी गाउँ स्थायी बसोबास गर्ने धिरेन्द्र बिककी श्रीमती कमलदेबी ल्वागुनले एम्बुलेन्स भित्र शिशुलाई जन्म दिएकी छन् ।

बिजया दशमीको टिकाको दिन राती ९ बजेर ५० मिनेट जाँदा लेते प्राथमिक स्वास्थ्य केन्द्रले प्रसुति गराउन नसक्ने भएपछि बेनी जिल्ला अस्पतालमा बिरामी ल्वागुनलाई रिफर गरेको स्वास्थ्य केन्द्रले बताएको छ ।

ग १ झ ५१५ नं रहेको लेते स्वास्थ्य केन्द्रको एम्बुलेन्समा थप उपचारको लागि बेनी लैजादै गर्दा थासाङ ४ तल्लो अन्तिम घाँसा गाउँको सडकमा नै एम्बुलेन्स भित्र शिशुको जन्म भएपछि एम्बुलेन्स फर्काएर लेते स्वास्थ्य केन्द्रमा ल्याएको चालक बुद्धि पुनले बताएका छन् ।

बिगतमा मुस्ताङबाट प्रसुति गराउन पोखरा लैजाने क्रममा एयरवोएज हवाई जहाज उडिरहेको बेला शिशुले जन्म दिएको पहिलो घटणा पछि अहिले भने मुस्ताङमै पहिलो पटक एम्बुलेन्स भित्र छोरीको जन्म हुनपुग्यो यो आश्चर्य जनक कुरा हो पिता बिकले बताए ।

बिक र ल्वागुनको ३ छोरा पछि छोरी जन्मिएको छ चार सन्तानका माता पिता बिक ल्वागुनले मुस्ताङको अस्पताल र स्वास्थ्य केन्द्रहरुमा प्रसुति गराउन नसक्नु दुखत कुरा हो यस बिषयमा सरोकार वाला निकायहरुको ध्यान जान जरुरि छ उनीहरुको थप भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्