असोज २९ मुस्ताङ । हिमालपारिको जिल्ला घरपझोङ गाउँपालिका वडा नं २ मार्फा सामाग्री तल थालेखोला कच्ची सडकमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
जोमसोमदेखि लेतेतर्फ जादै गरेको गाडी नं ना १ च ७६९२ को कार र बा ७६ प ४२१० को बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा गोर्खा जिल्लाका सन्जय खड्काको मृत्यु भएको छ ।
घरपझोङ ३ पुथाङ बजार जोमसोम एयरपोर्ट तल रहेको सुन्दर अटो ओर्कसपका सञ्चालक सुन्दर ट्वाटीले चलाएको कारबाट ३१ बर्षीय मोटरसाइकल चालकको मृत्यु भएको हो । साथै थप जानकारी आउन बांकी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिशाल अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्